देवघाट शालिग्राम करिडोर बाटो अझै खुलेन, स्थानियलाई आवतजावतमा सास्ती

images
  • 366
    SHARES
  • श्रावण १९, २०७९ बिहीबार
    देवघाट शालिग्राम करिडोर बाटो अझै खुलेन, स्थानियलाई आवतजावतमा सास्ती
    images

    देवघाट तनहुँ : साउन १९ करिस्मा गुरुङ

    देवघाट तनहुँको देवघाट गाउँपालिका अन्तर्गत रहेको शालिग्राम करिडोर बाटो अझै खुलेन ।

    sadf.jpg

    गत साता आएको अविरल वर्षाका कारण अवरुद्ध भएको सो बाटो खुल्न नसक्दा स्थानीय बासीलाई दैनिकी गुजारा संगै आवातजावत गर्न कठिनाई परेको छ। देवघाट गाउँपालिका अन्तरगत पर्ने उक्त शालिग्राम करिडोर देवपुर, साउने, साँढेबगर,क्वादी, बेलश्वरा, कालिकाटार, कोटा,खाल्टे जाने बाटो अविरल पानी परि ठाउँ ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ भने स्थानियलाई दैनिकी गुजारा संगै आवतजावत गर्न सास्ती भएको छ ।

    yyyyyyyyyyyyyyyyyy.jpg

     । देवघाट गाउँपालिका वडा नम्बर ५ क्वादीका स्थायी वासी अमृता गुरूङले अविरल झरिले सधैं आधा घन्टामा पुग्ने देवघाट घन्टौ लागेर हिड्नु परेको बताए । रातभरिको वर्षाझरिले गर्दा घरमा सुत्दा पनि रातभरि निन्द्रा लाग्दैन मनमा एक खालको त्रास मात्रै लाग्छ:गुरुङले भने स्थानिय सरकारले छिटो अवरुद्ध भएको बाटो बनाई आवतजावत सहज बनाउन आग्रह समेत गरिकि छिन् ।

    yyu7890.jpg

    स्थानियलाई आवतजावतमा सास्ती भइरहदा देवघाट गाउँपालिकाका उपाध्यक्ष एवं अनुगमन संयोजक भुवन सिं गुरूङले अनुसार आजबाट नै बाटो सफाई गर्ने काम सुरू गरेको बताउनु भयो । उपाध्यक्ष गुरूङले देउति खोलामा आजबाट एउटा जि.सि.बि. बाटो सफा गर्न सुरू गरिएको बताउदैँ भोलिदेखि प्राविधिक टोलीसँगै पहिरो गएको ठाउँमा पहिरो पन्छाउदैँ खाल्डाखुल्डी पुर्दै जि.सि. बि ले नसकेको स्थानमा एक्ट्राभेटर लगाएर छिटोभन्दा छिटो अवरुद्ध बाटो लाई सहज गर्ने बताए।

    ttt66678.jpg

    साथै उपाध्यक्ष गुरुङले शालिग्राम करिडोरको बहुवर्षिय योजना अन्तर्गतको ७५ करोड स्टेटमेन्ट छुट्याइएको जानकारी गराउदैँ यो वर्ष तत्कालै इ.आ.इ गरे लगत्तै करिब १६ करोडको टेण्डर हुने बताए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend