आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको खतरा

images
  • 181
    SHARES
  • श्रावण २५, २०७९ बुधबार
    आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको खतरा
    images

                                                      karnali_river-_rajapur-_flood-_kailali_61ULmEC2jP.jpgफाइल फाेटाे

     

    काठमाण्डाै - आज १९ जिल्लाका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

    बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको हो । महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वतका साना नदी तथा खोलामा आकस्मिक बाढीको जोखिम छ ।

    यस्तै, म्याग्दी, बाग्लुङ, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र आसपास भइ बहने केही साना नदी र खोलामा बाढीको खतरा रहेकाले सतर्कता अपनाउन भनिएको हो । यस्तै, अबको तीन दिन ठूला नदी कोसी, नारायणी, कर्णाली, महाकाली, कमलालगायतमा भने पानीको सतह सतर्कता तहभन्दा तलै रहने अनुमान गरिएको छ। 


    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend