देवघाट तनहुँ:साउन २६ गते खड्का आले
समुन्नत समाज र भ्रष्टाचार मुक्त देवघाटको परिकल्पना गर्दै देवघाट गाउँपालिका २ निवासी सामाजिक अभियान्ता खडक पामीआले मगरको नेतृत्वमा सुशासन सामाजिक संचालन गरेको छ।

पालिकालाई सुशासन गतिशील बनाई राख्न खबरदारीका साथ रचनात्मक कार्यमा सहयोग गर्ने उद्देश्यका साथ सो अभियान संचालन गरेको अभियान्त आले मगरले बताए । बुधबार उहाँको नेतृत्वमा गएको टोलीले देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापा र उपाध्यक्ष भुवन सिं गुरुङ लाई अध्यक्षको कार्यकक्षमा भेटी ७ बुँदे सुझाव पत्र बुझाएका हुन ।





