देवघाटमा बोलबम मेला भर्न लाखौं दर्शनार्थीहरू भित्रे

images
  • 334
    SHARES
  • श्रावण ३०, २०७९ सोमबार
    देवघाटमा बोलबम मेला भर्न लाखौं दर्शनार्थीहरू भित्रे
    images

    तनहुँ देवघाट:साउन ३० गते करिस्मा गुरुङ

    तिन वटा जिल्लाको सुन्दर रमणीय नगरी तनहुँको देवघाटधाम वेणी संगममा आज बोलबम मेला भर्न लाखौं दर्शनार्थीहरू भित्रेएका छन् ।

    xxxxxxdd.jpg

    विश्व प्रसिद्ध धार्मिक तिर्थस्थल देवघाटधाममा ‘बोलबम’ मेलाको साउन महिनाको अन्तिम दिन आज सोमबार बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको थियो । साउनको हरेक सोमबार बोलबम मेलाको तुलनामा आज पाँचौ र अन्तिम सोमबार लाखौँ भक्तजनहरू देवघाट भित्रिएको देवघाट क्षेत्र विकास समितिका योजना शाखा प्रमुख किरण राज पौडेलले बताए ।

    cccccll.jpg

    पौडेलले देवघाटमा लाग्दै आइरहेको मेला व्यवस्थापन देवघाट क्षेत्र विकास समितिले गर्दै आइरहेको बताउदैँ कोरोना पश्चातको बृहत् बोलबम मेला भएकोले मेला व्यवस्थापनलाई चुस्त तरिकाले गर्न नसकिएतापनि मेला राम्रैसँग समापन भएको जानकारी दिए । साउनको पहिलो सोमबारदेखि सुरु भएको बोलबम मेलामा पैदल तथा यातायातका सवारी साधनमार्फत देशै भरीका र भारत लगाएतका ठाउँहरूबाट दर्शनार्थी देवघाट आउने गरेका छन् । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देवघाटमा साउनको प्रत्येक सोमबार पवित्र नदि कालीगण्डकी र त्रिशूलीको संगमको जल चढाउने, गाईको दुध लगाएत अन्य चिज चढाउने गरिन्छ । देवघाटमा देश तथा विदेशबाट आएका हिन्दू धर्मावलम्बीले नुहाएर व्रत बस्नुका साथै महादेव शिवलाई जल चढाउने गर्छन् ।

    rrrrrr.jpg

    साउन महिना र सोमबार भगवान् शिवको बर पाइन्छ र यस दिनमा शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले आफ्नो मनको शान्ति हुनुका साथै आफ्नो परिवारमा खुसी छाउछ भन्ने धार्मिक विश्वासका साथ साथै पवित्रा तिर्थास्थल देवघाटमा स्नान गर्न आएको भक्तजनहरूले बताएका थिए । सोहि स्नान क्रममा काठमाडौँ वासी रिमा श्रेष्ठले बोलबम मेलामा देवघाटमा हरेक बर्ष आइरहेको छु भन्दै आफ्नो मनको शान्ति र आनन्दको लागि श्रावणको महिनै भरि आफु साकाहारी भएर सोमबारको दिन ब्रत बस्दै आएको बताए । श्रेष्ठले पवित्र स्थल देवघाटमा पुग्न पाए मात्रै पनि मन पवित्र हुन्छ भन्ने मान्याता राख्दै देवघाट आउने गरेको भने ।

    iiii.jpg

    चितवन टाडिबाट स्नान गर्न आउनु भएकी सुन्तली तामाङ्गले हरेक वर्ष आफु साउनको सोमबार सबेरै उठेर देवघाट गई बिहान शिवजीको दर्शन गरेर हरेक वर्ष व्रत बस्दैँ आइरहेको बताए । उनले बोलबमको आज अन्तिम दिन आफू देवघाटका प्रसिद्ध मन्दिरहरु, शिवालय र वेणी संगम स्नान गरेर मात्रै आफु घर फर्कने बताईन अन्तिम सोमबार भएको हुदाँ विहान चारै बजेदेखि देवघाटमा भक्तजनहरू आउने क्रम सुरू भएको इलाका प्रहरी कार्यलय देवघाटका वरिष्ठ नायब निरिक्षक हरि नारायण श्रेष्ठले बताए ।

    vvvvfght.jpg

    उनले मेलामा लाखौँ भक्तजनहरूको घुइँचो रहेको बताउदै सुरक्षाको पनि सवै संग समन्वय गरि राम्रो व्यवस्थापन गरेको बताउनुभयो। श्रेष्ठले मेला भरि कुनै पनि जोखिम समस्याहरू नभएको समेत बताए । साउन महिनाभरि बोलबममा विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु र परिवारको सुख समृद्धिको कामना गर्दै र अविवाहित महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकाङ्क्षा पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।

    ttttt.jpg

    बोलबमका अवसरमा देवघाटमा आएका दर्शनार्थीका कारण अहिले देवघाटका स्थानीय व्यापारी तथा यहाँ रहेका होटलहरूले समेत राम्रै आम्दानी गरेका छन् । देवघाटमा लागेका बोलबम मेलालाई व्यवस्थित गर्न देवघाट गाउँपालिका,देवघाट क्षेत्र बिकास समिती देवघाट ईलाका प्रहरी कार्यालय लगाएत विभिन्न संघ संस्थाहरु मेका व्यवस्थापनमा लागेका थिए ।

    ooooooo.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend