जसपा तनहुँद्वारा उम्मेदवारहरुको नाम सार्वजनिक - देवघाटको अध्यक्षमा खडक पामी आले

images
  • 1.0K
    SHARES
  • चैत्र २९, २०७८ मंगलबार
    जसपा तनहुँद्वारा उम्मेदवारहरुको नाम सार्वजनिक - देवघाटको अध्यक्षमा खडक पामी आले
    images

    स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा दलहरूले आफ्नो उम्मेदवारहरुको नाम सार्वजनिक गर्ने क्रम बड्दो छ। देशको विभिन्न स्थानीय तह गाउँपालिका,नगरपालिका,उपमहानगर पालिका,महानगर पालिकाहरुमा विभिन्न दलका उम्मेदवारहरुको आकांक्षी यतिबेला धेरै देखिएका छन्।

    yytytyty.jpg

    यता जनता समाजवादी पार्टी तनहुँले पनि आफ्नो उम्मेदवारको नाम सार्वजनिक गरेका छ्न । तनहुँको दसवाटै स्थानीय तहमा उम्मेदवारी हुने जिल्ला अध्यक्ष कृष्ण बहादुर गुरुङले जानकारी दिए। अध्यक्ष गुरुङका अनुसार  देवघाट गाउँपालिकाको अध्यक्ष पदको लागि पार्टीका केन्द्रिय सदस्य एवं युवानेता खड्क बहादुर आले र उपाध्यक्ष पदको लागि रन्जिता थापा मगर लाई अघि सारेका छन । यसैगरी भानु नगरपालिकाको मेयरमा धनसुब्बा तामाङ उपामेयरमा गीता घिमिरे , शुक्लागण्डकी नगरपालिकाको मेयरपदको लागि  के हिराचन म्याग्दे गाउँपालिकाको अध्यक्ष पदको लागि पालिका समिति अध्यक्ष  ऋषिराम पौडेल नाम अघि सारेका छन।


    यता व्यास नगरपालिकाको मेयरमा संदिप अधिकारी, बन्दिपुर गाउँपालिकाको अध्यक्ष पदमा जुम बहादुर गुरुङको नाम आएको  छ।  सत्ता गठबन्धनको वार्ता पनि चलिरहेको हुँदा गठबन्धनमा मिलेर जाने  भएको खण्डमा ती पदहरुमा हेर फेर हुन पनि सक्ने अध्यक्ष गुरुङले बताए । 

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend