तीज गीत प्रतियोगिता गर्दै विहानी मिडिया

images
  • 452
    SHARES
  • भाद्र १२, २०७९ आइतबार
    तीज गीत प्रतियोगिता गर्दै विहानी मिडिया
    images
    देवघाट ।
     
    विहानी मिडिया डटकमले महिलाहरूको महान पर्व तीजको अवसरमा मौलिक तीज गीत प्रतियोगिता गर्ने भएको छ ।
     
    mmmmmmmmmmmmmmmmmmm.jpg
    दर खाने दिनमा सोमबार देवघाटमा प्रतियोगिता आयोजना गर्न लागेको आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएका हो । अध्यक्ष आशिक रानामगरका अनुसार मौलिक, सामाजिक तथा सांस्कृतिक विषयवस्तुमा केन्द्रित रहेर प्रतियोगिता गर्न लागेको हो । ‘पछिल्लो समय तीज पर्व भड्किलो बन्दै गएकोले त्यसलाई रोक्नको लागि पनि हामीले मौलिक प्रस्तुतिमार्फत प्रतियोगिता आयोजना गर्न लागेका हौँ,’ उनले भने, ‘यसबाट मौलिक संस्कृति संरक्षणमा टेवा पु¥याउन सकिन्छ भन्ने लागेको छ ।’
     
    ppppppppppppppppp.jpg
    प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर ‘विरही’ गुरूङ, लोक तथा दोहोरी गायिका चन्द्रा गुरूङ र दोहोरी गायिका भूमिका गिरीले प्रतियोगी समूहको मूल्याङ्कन गर्नेछन् । प्रतियोगितामा सहभागीमध्ये प्रथम हुने समूहलाई नगद रू १० हजार, द्वितीय हुने समूहलाई नगद पाँच हजार र तृतीय हुने समूहलाई नगद रू तीन हजार पुरस्कारको व्यवस्था गरिएको कार्यक्रम संयोजक अनिल मिश्रले जानकारी दिए ।
    kkkkkkkkk.jpg
     
    यसका साथै चर्चित गायक बलबिक्रम थापामगर, रञ्जिता थापामगर, सुवास तिम्सिना, सञ्जय थापामगर, अञ्जु खड्का र शिव थापामगरले गायन प्रस्तुत गर्नेछन् । यस्तै वृन्दा दाहाल र कविता आलेमगरले नृत्य प्रस्तुत गर्नेछन् भने सागर गाहामगरले हाँस्य व्यङ्ग्य प्रस्तुत गर्नेछन् ।
     
    uuuuuuuuuuuuuu.jpg
    एसइइ परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान देवघाट गाउँपालिकाभित्र रहेर २०७८ सालमा भएको एसइइ परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल तीन जना विद्यार्थीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको विहानी मिडियाले जनाएको छ । अध्यक्ष आशिक रानामगरका अनुसार सामुदायिक विद्यालयतर्फ बज्रयोगिनी मावि देवघाट–५ का सबिना मगर (३.२५) र पार्वती मावि देवघाट–१ का किरण गुरूङ (३.१) तथा गुरूकूलतर्फ महेश संस्कृत गुरूकुलम्का दिग्विजय लामिछाने (३.९५) लाई सम्मान गर्न लागेको हो ।
     
     
     

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend