देवघाट तनहुँ:भाद्र तनहुँ
देवघाटमा महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ।

समाजको सत्य सत्य घटनाको लागी विहानी मिडिया डटकमले महिलाहरूको महान पर्व तीजको अवसरमा मौलिक तीज गीत प्रतियोगिताको समुद् घाटन प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाद्वारा पानासमा बत्ती बालेर कार्यक्रमको समुद् घाटन गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले लोप हुन लागेका धर्म,संकृती,भेषभुषा संरक्षण गर्ने दाईत्व हामी सवैको रहेको बताउदै आयोजक कमिटीलाई धन्यवाद दिएको थियो।साथै अध्यक्ष थापाले देवघाट गाउँपालिको बिकासमा सवै संघ संस्था संग समन्वय गरेर अगाडी बढ्ने समेत बताउनुभयो। सो कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवम् प्रवक्ता पुर्ण बहादुर कुँवर, नेकपा एमाले देवघाट गाउँ कमिटीका अध्यक्ष केशव चन्द्र न्यौपाने, नेपाली काङ्ग्रेस देवघाटका उप-सभापति पुरूषोत्तम पण्डित शर्मा, समाजसेवी चन्द्र प्रकाश दवाडी,रामनाथ मिश्र,देवघाट क्षेत्र विकास समिति पुर्व अध्यक्ष शिवराज पौडेल, वडा नम्बर ५ का पुर्व अध्यक्ष याल बहादुर गुरूङ, इलाका प्रहरी कार्यलय देवघाटका प्रमुख हरिनारायण श्रेष्ठ, ज्योति विकास बैंक देवघाट शाखा प्रमुख दिपक आचार्य, सिद्वार्थ बैंक देवघाटका प्रतिनिधि मदन पन्त, नेपाली काङ्ग्रेस तनहुँ प्रदेश सभा " ख " को उपसभापति, देवघाट सामुदायिक सिकाई केन्द्र अध्यक्ष जयकृष्ण सुवेदी,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरूङ, उद्योग वाणिज्य संघ देवघाटका अध्यक्ष रोशन श्रेष्ठ लगाएत बुद्धिजीवीहरूको उपस्थिति रहेको थियोे ।

सो दर खाने दिन हिजो सोमबार देवघाटमा महिला /आमा समुहहरू बिच प्रतियोगिता गरेर कार्यक्रम सम्पन्न भएको बिहानी मिडियाका अध्यक्ष आशिक रानामगरले बताए । मौलिक, सामाजिक तथा सांस्कृतिक विषयवस्तुमा केन्द्रित रहेर प्रतियोगिता गरेको उनले बताए । ‘पछिल्लो समय तीज पर्व भड्किलो बन्दै गएकोले त्यसलाई रोक्नको लागि पनि हामीले मौलिक प्रस्तुति मार्फत प्रतियोगिताको आयोजना गरेको उनले भने,‘यसबाट मौलिक संस्कृति संरक्षणमा टेवा पुर्याउन सकिन्छ भन्ने लागेको छ ।’

कार्यक्रममा दोहोरी गायिका भूमिका गिरीको बेजोड प्रस्तुति रहेको थियोे भने प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष अमर ‘विरही’ गुरूङ, लोक तथा दोहोरी गायिका चन्द्रा गुरूङले प्रतियोगी समूहको मूल्यांकन गरेको थियोे । प्रतियोगितामा प्रथम हुने कालिका आमा समूहलाई नगद रू १० हजार, द्वितीय हुने मिलिजुली आमा समूहलाई नगद पाँच हजार र तृतीय हुने सिर्जनशील आमा समूहलाई नगद रू तीन हजार पुरस्कार सहित प्रमाणपत्र दिएर सम्मान गरिएको कार्यक्रम संयोजक अनिल मिश्रले जानकारी दिए ।

कार्यक्रममा चर्चित गायक बलबिक्रम थापामगर, अञ्जु खड्का र शिव थापामगरको प्रस्तुती रहेको थियोे भने सागर गाहामगरले हाँस्य व्यङ्ग्य प्रस्तुत गरेर कार्यक्रमलाई निकै रमाइलो बनाएको थियोे । भने स्थानिय कलाकारहरूको पनि प्रस्तुति रहेको थियोे ।

देवघाट गाउँपालिका भित्र रहेर २०७८ सालमा भएको एसइइ परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल तीन जना विद्यार्थीलाई सम्मान गर्नुका साथै सामुदायिक विद्यालयतर्फ बज्रयोगिनी मावि देवघाट–५ का सबिना मगर (३.२५) र पार्वती मावि देवघाट–१ का किरण गुरूङ (३.१) तथा गुरूकूलतर्फ महेश संस्कृत गुरूकुलम्का दिग्विजय लामिछाने (३.९५) लाई सम्मान गरेको थियोे ।








