देवघाट
महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा "समाजका सत्य तथ्य घटनाका लागि" बिहानी मिडिया डट कमको आयोजित भएको बृहत तिज गीत प्रतियोगितामा कालिका आमा समूह प्रथम भएको छ।

"मौलिक, सामाजिक, साँस्कृतिक परिवेशमा आधारित" विषयमा तीज गीत प्रस्तुत गरि देवघाट गाउँपालिका वडा नम्बर ५ नयाँवस्थी स्थित रहेको कालिका आमा समुह प्रथम भएको हो ।

उनिहरूले मौलिक, सामाजिक र साँस्कृतिक परिवेशमा आधारित गीत गाइ प्रथम स्थान हासिल गरेको निर्णायक मण्डलमा रहेको लोक दोहोरी प्रतिस्ठानका संस्थापक अध्यक्ष अमर बिरही गुरूङले नतिजा सुनाएका थिए ।

त्यस्तै तीज गीत प्रतियोगिता द्वितीय स्थानमा मिलीजुली महिला समूह देवघाट ५ देउपुर भएको थियोे भने तृतीय स्थानमा सिर्जनशील महिला समूह देवघाट ५ डाडाटोल भएको थियोे । तीज गीत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने आमा/ महिला समुहहरुलाई क्रमिक १० हजार रुपैयाँ , ५ हजार रुपैयाँ र ३ हजार रुपैयाँ सहित प्रमाण-पत्र दिएको थियोे भने प्रतियोगितामा कावासोती फिउचर डेकोर समुहलाई अनुशासन पुरस्कार प्रदान गरीएको थियो । प्रतियोगितामा ७ टिमको सहभागी रहेको थियोे ।




