देवघाट तनहुँ,
स्थानीय तहको निर्वाचन नजिकै संगै देशको विभिन्न स्थानीय तहहरु गाउँपालिका,नगर पालिका,उप-महानगर पालिका,महानगर पालिकाहरुमा विभिन्न पार्टीका उम्मेदवारहरुको आकांक्षी यतिबेला धेरै देखिएको छ।
यसै बीच देवघाट गाउँपालिकाको सिटी हलमा नेकपा एमाले वडा नम्बर ५ को आज भएको बैंठकमा नेकपा एमाले पार्टी बाट ५ नम्बर वडा अध्यक्षमा ७ जना आकांक्षी देखिएको छ। जस् मा हालका ५ नम्बर वडा सदस्य भोजराज नैनावस्ति,राष्ट्रिय युवा संघका जिल्ला स-सचीव सुकलाल गुरुङ,नेकपा एमाले देवघाट ५ का अध्यक्ष गणेश थापा,गाउँपालिका कमिटी सदस्य रोशन श्रेष्ठ, हिमाल पौडेल र बिष्णु प्रसाद अधिकारी,नेकपा एमाले ५ वडा सचिव गोपी आछामी मगरको आकांक्षी रहेको छ।
तेस्तै दलित महिला कोटा बाट वडा सदस्य भने सरस्वती परियार सर्व सहमत चयन भएका छन् भने अन्य सदस्य पदका लागी भने गाउँपालिका कमिटी सदस्य फुलमाया गुरुङ,दिल्लीराम गिरी,तिलक न्यौपाने,वडा कमिटी सदस्य मिठू देवी पौडेल,कमला देवकोटा र नेकपा एमाले साधारण सदस्य बसन्ती बोटेको आकांक्षी रहेको नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने जानकारी दिनुभयो।



