देवघाट गाउँपालिका ५ नम्बर वडा कार्यालयले १ सय दिनमा गरिएका महत्वपुर्ण उपलब्धिहरु बुँदा सहित :

images
  • 259
    SHARES
  • भाद्र २७, २०७९ सोमबार
    देवघाट गाउँपालिका ५ नम्बर वडा कार्यालयले १ सय दिनमा गरिएका महत्वपुर्ण उपलब्धिहरु बुँदा सहित  :
    images

    भदौ २७ गते

    देवघाट । देवघाट गाउँपालिका ५ नम्बर वडा कार्यालयले १ सय दिनमा गरिएका महत्त्वपूर्ण उपलब्धिहरु बुँदा सहित सार्वजनिक गरिएको छ ।

    jjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjjj.jpg

    जेष्ठ ८ गतेदेखि हाल सम्ममा वडाबाट भएका गतिविधिहरू सार्वजनिक गरिएको ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले बताए । १) घर घरमा सामाजिक सुरक्षा कार्ड (वृद्ध भत्ता) नविकरण गरिएको २) राष्ट्रिय भूमि आयोग र २१ वटा टोल बिकास संस्था संग समन्वय गरी टोल टोलमा २५४६ निस्सा वितरण सम्पन्न गरिएको। क) भूमिहिन दलित १९ ख)भूमिहिन सुकुम्बासी ६२ ग)अव्यवस्थित वसोवासी २४६५ ३) कृषि क्षेत्रलाई प्रवर्द्धन गर्ने मुल उद्देशले कृषि संग सम्बन्धि व्यक्ति वा संस्थागत सिफारिसलाई सिफारिस दस्तुर छुट गरिएको।

    mmmmmmmmmmmmmmmmmm.jpg

     

    ४) वडा कार्यालय संग सेवा सेवा लिन आउने सेवाग्राहीहरुलाई नि:शुल्क फोटोकपिको व्यवस्था गरिएको ५) यस वडामा बिकास निर्माणका कामहरू गर्ने गरी ठेक्का सम्झौता गरेका ठेकेदारहरुलाई ताकेता गरि काम सुचारु गराईएको(अस्पताल,पिच बाटो) ६) भुवनटार भतेरी जोड्ने झोलुङ्गे पुल निर्माण प्रक्रिया अगाडी बढाउने स्थानिय जनताहरु संग स्थलगत अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरी ठिमुरा पक्की पुल तत्काल निर्माण सुचारु गर्न डेलिगेसन गई प्रक्रिया अगाडी बढाउन अनुरोध गरिएको। ७) दासढुङ्गा देखी देवपुर पक्की पुलको मुख सम्म जोड्ने जङ्गलको सिमान बाट नयाँ ट्रयाक खिच्नको लागी सरोकारवाला सामुदायिक वनका प्रतिनिधिहरु संग छलफल गरी प्रक्रिया अगाडी बढाईएको।

    yyyyyyyyyyyyyyyyyyyyyyy.jpg

    ८) राष्ट्रिय परिचयपत्र पत्र अभियान अर्न्तर्गत टोल टोलमा टोली पुर्‍याई ४ हजार ७ सय जनालाई सो अभियानमा सहभागी गराईएको। ९) अशक्त एवम् पुर्ण अपाङ्गता भएका व्यक्तिहरुलाई जिन्सी सहयोग घर घरमा पुगी वितरण गरिएको। १०) धर्मार्थ अस्पताल स्तरोनन्तीका लागी सरोकारवालाहरु संग छलफल गरी नियमित चिकित्सक सेवा प्रवाह सुचारु गरिएको। ११) आ.व.२०७९-२०८० का लागि २१ वटा टोल बिकास संस्थाका पदाधिकारीहरु संग छलफल गरी प्राथमिकताका आधारमा योजनाहरु वाँडफाड गरिएको। १२) भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण गर्ने प्रयोजनार्थ कुल २ हजार ३ सय ४७ कित्ता नापजाँच र प्रमाणीकरण गर्ने कार्य सम्पन्न गरी जिल्ला भूमि आयोगमा प्रतिवेदन पेश गराईएको।

    uuuuuuuuuuuuuuuu.jpgppppp.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend