देवघाट तनहुँ
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित घिनटारमा राजु भुर्तेलको घरमा राखेको रातो कालो कलरको पल्सर मोटरसाइकल चोरी भएको छ। नयाँ बर्ष भेटघाट कार्यक्रममा आएका भरतपुर १२ चितवन निवासी गणेश भुर्तेलको बजाज कम्पनीको रातो कालो कलरको दुई सय बीस सि सि को ग १६ प ३१४ नम्बरको पल्सर बाइक घर बाट बिहान करिब ३ बजेको समयमा चोरी भएको सवारी धनी गणेश भुर्तेलले अनुमान गरेको छ।साथै उहाँले देवघाट ईलाका प्रहरी कार्यालयमा मोटरसाइकल हराएको निवेदन समेत पेश गरेको जानकारी दिनुभयो।

देवघाट ईलाका प्रहरी कार्यालयका इन्चार्ज प्रमोदकुमार नेपालीले घटनाको सुष्म तरिकाले अध्यन भइ रहेको र जिल्लामा पनि मोटरसाइकल नम्बर टिपाई बिहानी मिडिया डट कमलाई जानकारी दिनुभयो।




