देवघाट
करिब चार करोड रुपैयाँको लगानीमा देवघाटमा नमस्ते देवघाट गार्डेन रिसोर्ट निर्माण गरिएको छ । स्थानीय रामु खराल, लक्ष्मण खराल र कृष्ण पाण्डेको लगानीमा रिसोर्ट निर्माण गरिएको हो ।

नयाँ वर्षको अवसर पारेर बिहिबार रिसोर्टको उद्घाटन गरिएको छ । धार्मिक पर्यटकिय स्थल देवघाटमा पुग्ने पर्यटकलाई लक्षित गरेर रिसोर्ट निर्माण गरिएको सञ्चालक रामु खरालले बताए । रिसोर्टमा एसीसहितका १० वटा कोठा, ५० जना अट्ने सेमिनार हल, भेज र ननभेजका छुट्टा–छुट्टै किचन रहेको उनले बताए । यसअघि नारायणगढका विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका खराल दाजुभाई र उनका ज्वाई पाण्डे मिलेर रिसोर्ट निर्माण गरेका हुन् । रिसोर्ट निर्माण भएपछि १५ जनालाई रोजगारी दिइएको लक्ष्मण खरालले बताए । देवघाटको पर्यटन प्रबद्र्धनमा रिसोर्टले योगदान गर्न सक्ने उनको विश्वास छ । सेवाग्राहीको मागका आधारमा सांस्कृतिक कार्यक्रमहरु पनि सञ्चालन गरिने उनले बताए ।




