भदौ २८ गते करिस्मा गुरूङ
देवघाटमा 9A Side अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

नेपालीहरुको महान चाड विजयादशमीको पावन अवसरमा देवघाट फुटवल संघद्वारा आयोजना गरिएको हो । 9A Side अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगितामा टिम सहभागी गराइ प्रतियोगिता खेललाई सफल पारिदिनु हुन निमन्त्रणा गरेका छन् । मिति २०७९/०६/०५ गते हुन गइरहेको सो खेल गाउँपालिकाको खेलकुद मैदान देवघाट-५ मा हुदैँ छ । खेलका नियमहरू_ खेलमा १२ जना खेलाडीको नाम दर्ता गर्नु पर्ने,एकै किसिमको जर्सी,जुत्ता अनिवार्य हुनुपर्ने र बिना जुत्ता खेलाडीलाई खेलमैदान प्रवेश गराईने छैन । खेल अवधिभर रेफ्रिको निर्णयलाई नै मान्यता दिइनुपर्ने र खेल मैदानमा विवाद भएमा विवाद गर्ने खेलाडीलाई यस प्रतियोगिता बाटै निष्कासन गर्न सकिने ।

त्यस्तै गरि समयमा टिम मैदानमा नआएमा त्यस खेलमा नेट गोलको व्यवस्था हुनुका साथै खेलमा चोट पटक लागेमा प्राथमिक उपचारको मात्र व्यवस्था गरिने खेल संयोजक समिर ढुङ्गानाले जानकारी दिए । संयोजक ढुङ्गानाले युवाको लागि मात्रै हैन मानवकै लागि खेल अति महत्त्वपूर्ण हुने भएकोले हरेक बर्ष जस्तै यो वर्ष पनि खेलको आयोजना गरिएको ढुङ्गानाले जानकारी दिए । सो 9A Side अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगितामा प्रथम पुरस्कार रु. १,११,१११/- (शिल्ड र मेडल, द्वितिय पुरस्कार र रु. ५५,५५५/- (शिन्ड र मेडल) रहेको छ । टिम दर्ता शुल्क रु. ५,५५५/- टिम दर्ता गर्ने अन्तिम मिति २०७२/०६/०४ गते सम्म रहेको संयोजक बताए ।



