बिकास पाण्डे
नेपाली कांग्रेस देबघाट गाउ पालिका कार्य समितिको आयोजनामा नव वर्ष २०७९ को अबसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस देबघाट गाउ पालिका कार्य समितिकोले शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रममा नेपालि कांग्रेस तनहुका महासमिति सदस्य पूर्ण बहादुर गुरुङ्ग , नेपालि कांग्रेस तनहुका महासमिति सदस्य आनन्द राज त्रिपाटि , नेपालि कांग्रेस तनहु जिल्ला सदस्य भिम कुमारी धाई थापा , नेपालि कांग्रेस तनहुका छेत्रीय सदस्य इन्द्र माया थापा , ने का तनहु प्रदेस ख का उपसभापति राधा खनाल , प्रदेस प्रतिनिधी प्रेम बहादुर गुरुङ, देबघाट गाउँपालिका वडा नम्बर ५ का सभापति सोम नाथ ढकाल , कालिका नगर पालिका चितवनका पूर्व सचिब मछिन्द्र पाण्डे , देबघाट गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पदम गुरुङ्ग , छेत्रीय प्रतिनिधि पूर्ण बहादुर कुवर , अर्जुन अधिकारि , अमंर फेवाली , कृष्ण राज न्यौपाने लगाएतका नेताहरुले नव वर्ष २०७९ को अबसरमा शुभकामना आदान प्रदान गरेका थिए।
सो कार्यक्रम नेपाली काङ्ग्रेस देवघाटका पार्टी सभापति तिल बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली कांग्रेस तनहुका महासमिति सदस्य पुर्ण गुरुङ रहेका थिए । नेपाली कांग्रेस देबघाट गाउँपालिका सचिव भरत ले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रसेका नेता तथा कार्यक्रताहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाली कांग्रेस देबघाट गाउँपालिका कार्य समितिका उपसभापति पुरुषोत्तम शर्मा पण्डित ले स्वागत मन्तव्य बाट सबैलाई शुभकामना व्यक्त गरेका थिए ।



