करिस्मा गुरुङ देवघाट तनहुँ:भदौ २८ गते
तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित गाउँपालिका खेल मैदानमा देवघाट फुटवल संघको आयोजिनमा नेपालीहरुको महान चाड विजयादशमीको पावन अवसरमा यहीँ मिति २०७९साल असोज ५ गते देखी 9A Side गाउँपालिका अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

सो प्रतियोगिताका आयोजक कमिटीले सहभागी टिमहरुको लागि निम्न नियमहरु उल्लेख गरिएको छ। १)खेलमा १२ जना खेलाडीको नाम दर्ता गर्नु पर्ने। २)एकै किसिमको जर्सी,जुत्ता अनिवार्य हुनुपर्ने र बिना जुत्ता खेलाडीलाई खेलमैदान प्रवेश गराईने छैन । ३)खेल अवधिभर रेफ्रिको निर्णयलाई नै मान्यता दिइनुपर्ने र खेल मैदानमा विवाद भएमा विवाद गर्ने खेलाडीलाई यस प्रतियोगिता बाटै निष्कासन गर्न सकिने । ४)समयमा टिम मैदानमा नआएमा त्यस खेलमा नेट गोलको व्यवस्था हुनेछ। ५)खेलमा चोट पटक लागेमा प्राथमिक उपचारको मात्र व्यवस्था रहेको खेल संयोजक समिर ढुङ्गानाले जानकारी दिए।संयोजक ढुङ्गानाले खेलाडी भनेको राष्ट्रको गहना हो खेलकुदले मानिसको मानसिक र शारीरिक रुपमा पनि स्वास्थ्य र तन्दुरुस्त राख्न महत्त्वपूर्ण भुमिका हुने उहाँले बताए । प्रतियोगितामा सहभागी टिम शुल्क ५ हजार रुपैयाँ राखिएको छ भने प्रथम पुरस्कार रु. एक लाख एघार हजार एक सय एघार रुपैयाँ( १,११,१११) र शिल्ड र मेडल, द्वितिय पुरस्कार रु. पच्पन्न हजार पाँच सय पच्पन्न रुपैयाँ (५५,५५५) र शिन्ड र मेडल रहेको छ। टिम दर्ता गर्ने अन्तिम मिति २०७९ साल असोज ४ गते सम्म रहेको छ।



