करिस्मा गुरूङ असोज २ गते
देवघाट । अविरल वर्षाको कारण देवघाट गाउँपालिका वडा नम्बर ४ सिंचाङ्ग काफलडाँडा हुदैँ छिपछिपे जाने मोटर बाटो हिजोबाट बन्द भएको छ ।

गाईघाटबाट माथी मोहरिया भन्ज्यङ्गमा हिजो बिहान करिब ११ बजेतिर गएको पहिरोको कारण सिङचाङ्ग काफलडाँडा हुँदै छिपछिपे जाने मोटर बाटो अबरोध (बन्द ) भएको हो । दुई दिन अगाडिको अविरल वर्षातले बाटो बन्द हुन पुगेको छ । सो बाटो सोही बाटोको विषयमा देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले पानी रोकिए पश्चात् तत्काल सफाइ गर्ने बताएका छन् ।

थापाले अविरल वर्षातका कारण हुन गएको यस समस्यालाई समाधानका लागि प्राविधिक टोलि खटाइएर तत्काल बाटो खुलाउने बताए । र बाटोलाई छिटोभन्दा छिटो सुचारु गर्नको लागि पालिकामा छलफल समेत भैरहेको थापाले भने । सोहि पहिरोको विषयमा गाईघाट बेलडाँडा टोल विकास संस्थाका अध्यक्ष नर बहादुर गुरूङले पहिरोले बाटो अबरुद्ध हुनुका साथै त्यस तल भेगमा रहेको वस्ती समेत जोखिममा रहेको छ त्यसलाई स्थानीय सरकारले छिटोभन्दा छिटो पन्छाउने व्यवस्था गरियोस् ।

हिजोबाट बन्द भएको सो सिङ्चाङ्ग काफलडाँडा हुदैँ छिपछिपे जाने बाटोको अबरोधले दैनिक हिडडुल गर्ने व्यक्तिहरू ठुलो समस्या परेको गुरूङले बताए । पहिरोले बाटो बन्द भएपछि दैनिक गाईघाटबाट मान्छे र सामान बोकी माथि जाने ३ वटा बुलेरो गाडी तल झर्न सकेको छैन ।



