प्रथम अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता सुरू

images
  • 527
    SHARES
  • आश्विन ५, २०७९ बुधबार
    प्रथम अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता सुरू
    images

    करिस्मा गुरूङ देवघाट तनहुँ:असोज ५ गते

    तनहुँको देवघाटमा प्रथम अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता आज बुधबारबाट सुरू भएको छ ।

    uii.jpg

    देवघाट फुटवल संघद्वारा आयोजित नेपालीहरुको महान चाड विजयादशमीको पावन अवसर आयोजित 9A Side देवघाट गाउँपालिका अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित गाउँपालिकाको खेल मैदानमा शुरु भएको सो प्रतियोगिता देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले व्यानर पढेर उद्घाटन गरेको थियो ।

    5678.jpg

    प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष थापाले प्रथम अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता राखिएकोमा धन्यवाद दिदैँ देवघाट गाउँपालिकाको खेलकुद क्षेत्रको दिगो बिकासको निम्ति बोलेर मात्रै हैन कार्यान्वयन गरेर अघि बढ्ने बताए । खेलकुद सबैको लागि आवश्यक छ त्यसलाई गाउँपालिकाको तर्फबाट गर्नुपर्ने सहयोगमा कुनै पनि कन्जुस्याइँ नगरी खेल क्षेत्रको विकासका लागि देवघाट गाउँपालिकाले काम गर्ने बताए ।

    6789.jpg

    अध्यक्ष थापाले प्रतियोगिताको प्रथम पुरस्कारको व्यवस्था गाउँपालिकाको तर्फबाट प्रदान गर्ने समेत बताए। सो कार्यक्रममा बिशिस्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले यस प्रतियोगिताले देवघाटका खेलाडीहरूलाई अझै धेरै प्रभाव पार्ने बताउदैँ पालिकाबाट खेलकुदलाई अगाडि बढाउने बताए ।उपाध्यक्ष गुरूङले भविष्यमा देवघाटमा पनि खेलाडी उत्पादन हुने बताए ।

    tyui.jpg

    देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष एवं देवघाट गाउँपालिका प्रवक्ता पुर्ण बहादुर कुँवरले देवघाटमा खेल खेलकुद क्षेत्रको बिकासको निम्ति वडा र आफ्नो तर्फबाट पुर्ण सहयोग रहने बताए। कार्यक्रममा स्वागत मन्तव्य संस्थाका अमर फेवाली मगरले राखेको थियोे भने अतिथिहरुमा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बुद्धि बहादुर पाण्डे र यम बहादुर मगर,नेकपा माओवादी केन्द्र देवघाटका उपाध्यक्ष जयकृष्ण सुवेदी, इलाका प्रहरी कार्यलय देवघाटका बरिस्ठ नायव निरिक्षक हरि नारायण श्रेष्ठ,देवघाट युवा तथा खेलकुद समितिका अध्यक्ष सुकु गुरूङ, देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्र,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्ण पन्त,देउति सामुदायिक वनका अध्यक्ष सुर्य न्यौपाने, नेपाल मगर संघ देवघाटका अध्यक्ष राजु थापामगर लगाएत उपस्थिति रहेको थियोे साथै कार्यक्रम देवघाट फुटबल संघका अध्यक्ष समिर ढुङ्गानाको अध्यक्षतामा भएको थियो ।

    ccccccccccccccc.jpg90-=.jpgxxxx.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend