करिस्मा गुरुङ देवघाट तनहुँ:असोज ७ गते
तनहुँको देवघाट गाउँपालिका खेल मैदानमा देवघाट फुटबल संघको आयोजनामा प्रथम देवघाट गाउँपलिका अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता यहीँ असोज ५ गते बाट सञ्चालन भइ रहेको छ।

आज पनि दुई खेल सम्पन्न भएको छ।पहिलो खेलमा आयोजक बि ले ढोडेनी फुटबल क्लब माथी २ गोल गर्दै २-० ले बिजयी भएको छ। पहिलो हापमा दुवै टिमले राम्रो अवसर पाए पनि गोल हुन नसके पछि गोलरहित बराबरी टुंगिएको थियो। दोस्रो हापको खेल सुरु भए पछि आयोजक बि ले खेल को ५५ औं मिनेटमा मनिस क्षेत्रीले गोल गर्दै १-० ले आयोजक टिमलाई अगाडि बढाए थियो। लगत्तै ६१ औं मिनेटमा सुदर्शन पन्तले आयोजक बि को तर्फबाट गोल गर्दै आयोजक बि ढोडेनी फुटबल क्लब माथी २-० गोलले बिजयी भएको थियो। तेस्तै दोस्रो खेलमा भरतपुर २४ फुटबल क्लबले भरतपुर ५ फुटबल क्लब माथि २ गोल गर्दै २-० ले भरतपुर फुटबल क्लब बिजयी भएको थियो। भरतपुर २४ तर्फबाट बिशाल तामाङ र ललिस ढकालले समान १/१ गोल गरेका थिए। सो प्रथम देवघाट गाउँपलिका अध्यक्ष कप नकआउट खुल्ला फुटबल प्रतियोगिता भोलि ठिक दिउँसो १ बजे बाट सुचारु हुने आयोजक कमिटीका संयोजक समिर ढुंगानाले बिहानी मिडियालाई जानकारी दिए।



