वराह आधारभूत विद्यालयका ९० जना बिद्यार्थीहरुलाई पोशाक वितरण

images
  • 218
    SHARES
  • आश्विन ८, २०७९ शनिबार
    वराह आधारभूत विद्यालयका ९० जना बिद्यार्थीहरुलाई पोशाक वितरण
    images

    करिस्मा गुरुङ देवघाट तनहुँ:असोज ८ गते

    तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ देवपुर स्थित वराह आधारभूत विद्यालयका ९० बिद्यार्थीहरुलाई आज एक कार्यक्रम बीच कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरको प्रमुख अतिथिमा पोशाक वितरण गरिएको छ।

    mmmmmmmmmmmmm.jpg

    सो कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका प्रवक्ता एवम् ५ नम्बर वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले देवघाटको शैक्षिक क्षेत्रको सुधार क्रमश अगाडी बढेको बताउदै दिगो रुपमा शिक्षा क्षेत्रको बिकास गर्न वडा कार्यालय र आफ्नो व्यक्तिगत तर्फबाट सवै संघ,संस्थाहरु संग समन्वय गरी अगाडी बढ्ने समेत बताए।

    zasqwer.jpg

    वराह आधारभूत विद्यालयका बिद्यार्थीहरुलाई पोशाक उपलब्ध भने सापकोटा कल्याण केन्द्र नेपाल कौडिन्य ऋषि आश्रम देवघाट ५ र केदार मणी विद्यादेवी दिक्षितद्वारा अक्षय कोष वाट प्रदान गरिएको थियो भने विद्यालय परिवारले साराथी टुगेदर अफ नेपाल जर्मन संस्थाले विद्यालयलाई शौचालय मर्मत तथा रंग ब्यबस्थापन गरिदिएकोमा धन्यवाद दिएका थिए।

    cvvvvvvvvvvvvv.jpg

    सो कार्यक्रम देवघाट ५ नम्बर वडा सदस्य सरस्वती परियार,देवघाट गाउँपालिका शिक्षा शाखाका सुभद्रा भट्टराई,वराह आधारभूत विद्यालयका प्रधानध्यापक सोम थापा लगाएतको उपस्थिति रहेको थियो भने वराह आधारभूत विद्यालयका व्यवस्थापन समितीका अध्यक्ष टेकराज सापकोटा अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो।

    oooppp.jpgnnnnnnnnnnnnnnnnnn.jpgvr54678.jpgoo00-.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend