करिस्मा गुरुङ देवघाट तनहुँ:असोज ८ गते
चितवन भरतपुर- ९ गोन्द्राङ्गमा विकास चोक टोल बिकास संस्था र विकास चोक टोल आमा समुहको संयुुक्त आयोजनामा बृहत सरसफाई तथा जनचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सो कार्यक्रम वोटलर्स नेपाल ( तराई ) लि. रहेको थियो । सोही बृहत सरसफाई तथा जनचेतना कार्यक्रममा बोल्दै विकास चोक टोल आमा समुहका अध्यक्ष नारायणी राना मगरले वरपर टोल समुदाय सरसफाई भए मानिसको स्वास्थ्य पनि स्वास्थ्य र तन्दुरुस्त हुने बताए।साथै उहाँले सरसफाइलाई पहिलो प्राथमिक राखेर अगाडी बढेको बताउदै टोलवासीलाई आ-आफ्नो घर आगन करेसाबारी सदैब सफा राख्न आग्रह समेत गरेका छन् ।

साथै रानामगरले जथाभावी फोहोर फाल्ने जो कोहीलाई पनि ५ सय देखि ५ हजार सम्मको जरिवाना समेत तिराउने निर्णय गरेको र भरतपुर महानगरपालिकाकै एउटा नमुना टोलको रूपमा चिनाउने बताए । सो कार्यक्रममा समाजसेवी भरत रानाभाटले आफ्नो टोल स्थित रहेका नालाहरू वरिपरि फोहोरमैला नफाल्न र प्रदुषण नगर्न अनुरोध गरे ।

रानाभाटले आफ्नो टोल समुदायको सरसफाइ आफैंले गर्नुपर्ने बताए। साथै विकास चोक टोल बिकास संस्थाको बिकास सवै मिलेर अगाडी बढाउने बताए। कार्यक्रममा विकास चोक टोल सुधारका अध्यक्ष लेखक बहादुर गुरूङ, सरसफाई संयोजक गोविन्द आचार्य लगाएतको उपस्थितिमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको थियोे ।





