देवघाट बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न

images
  • 503
    SHARES
  • आश्विन १३, २०७९ बिहीबार
    देवघाट बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा सम्पन्न
    images

    करिस्मा गुरुङ: देवघाट तनहुँ:असोज १३ गते

    देवघाट बचत तथा ॠण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा आज (बिहीबार) मंगलबार सम्पन्न भएको हो ।

    xxxx.jpg

    कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले कार्यक्रमको समुद् घाटन गर्दै देवघाट बचत तथा ॠण सहकारी संस्थाले समुदायमा शैक्षिक,सामाजिक कार्यक्रमहरु संगै व्यवसायीहरुलाई ॠण लगानी गरी प्रोत्साहन दिएको बताए ।

    ccvvvv.jpg

    साथै वडा अध्यक्ष कुँवरले देवघाटको बिकास र समृद्धिका लागि सवै संघ संस्थाहरु संग समन्वय गरि अगाडी बढ्ने बताए ।यस सहकारीबाट ऋण लगि सेयर सदस्यहरू धेरैले प्रगति गरेको समेत उहाँले बताए। देवघाट बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष अर्जुन अधिकारीद्वारा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

    looo.jpg

    भने देवघाट बचत तथा ऋण सहकारी संस्था लि. का लेखा समिति संयोजक भिम प्रसाद सापकोटाले कार्यक्रमा स्वागत मन्तव्य दिएका थिए । त्यस्तै कार्यक्रममा हरिहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशनदेब आचार्य,मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बाल कुमार श्रेष्ठ, वडा नम्बर ५ का वडा सदस्य याम बहादुर मगर,सेयर सदस्यको प्रतिनिधि गरेर मन्तव्य कृष्ण प्रसाद दवाडी,लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

    mmmm].jpg

    कार्यक्रममा सोही सहकारीका उत्कृष्ट बचत कर्ता लक्ष्मी रेग्मी र उत्कृष्ट ऋणी देवबन्धु शर्मालाई सम्मान गरिएको थियो । भने संस्थाका सचिव प्रसन्न ढकालले कार्यक्रम सञ्चालन गरेका थिए ।

    555.jpgeeee.jpgffdddsssaaa.jpgxxcccvvv.jpgbghhhh.jpgggghhhjjj.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend