देवघाट ब्याडमिन्टन संघद्वारा विजयदशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

images
  • 503
    SHARES
  • आश्विन १४, २०७९ शुक्रबार
    देवघाट ब्याडमिन्टन संघद्वारा विजयदशमीको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
    images
    करिस्मा गुरुङ देवघाट तनहुँ : असोज १४ गते
     
     
    fgvbnhj.jpg
    "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद"भन्ने मुल नारा सहित देवघाट ब्याडमिन्टन संघद्वारा आयोजित विजयदशमी,शुभ-दीपावली तथा छठ पर्व २०७९ को पावन अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम शुक्रबार एक कार्यक्रम बीच सम्पन्न भएको छ ।
    bbbnn.jpg
     
    आज बिहान देवघाट धर्मार्थ अस्पतालको प्राङ्गणमा भएको सो कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले नजिकिँदै गरेको विजयदशमी,शुभ-दीपावली तथा छठ पर्वको सबैलाई शुभकामना दिदैँ खेलकुदको क्षेत्रबाट देवघाटको पहिचान बनाउन सकिने बताए ।
    aaaa.jpg
     
    अध्यक्ष थापाले देवघाटबाट भावि दिनहरूमा खेल क्षेत्रको बिकास गर्दै राष्ट्रिय खेलाडी उत्पान गर्न सकिने बताए। कार्यक्रममा देवघाट गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले पनि नजिकिदै गरेको नेपालीहरूको महान चाड विजयदशमीको शुभकामना दिदैँ खेल क्षेत्रमा वडा र व्यक्तिगत तर्फबाट गर्नुपर्ने सहयोग गर्ने बताए ।
    ggggggggggggg.jpg
     
    कार्यक्रममा देवघाट ५ नम्बर वडा सदस्य याम बहादुर मगर,नेपाली काङ्ग्रेस देवघाटका पुर्व सभापति प्रेम बहादुर गुरूङ, देवघाट बचत तथा ऋण सहकारी संस्था. लि.का अध्यक्ष अर्जुन अधिकारी, देवघाट गाउँपालिका वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष याल बहादुर गुरूङ,इलाका प्रहरी कार्यलय देवघाटका प्रहरी वरिष्ठ नायब निरिक्षक हरि नारायण श्रेष्ठ कालिका माध्यमिक विद्यालयका शिक्षक राजु भुर्तेल, देवघाट युवा तथा खेलकुद समितिका उपाध्यक्ष सान श्रेष्ठ, देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, हरिहर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशनदेव आचार्य, समाजसेवी सुर्य राना मगर,बल बहादुर क्षेत्री मन्तव्य देवघाट व्याडमिन्टन संघका उपाध्यक्ष,देवघाट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष सुरज मिश्र,कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
    69.jpg
     
     
    कार्यक्रम देवघाट ब्याडमिन्टन संघका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा सम्पन्न सोहि संका सचिव आशिक राना मगरले सञ्चालन गरेका थियोे ।
    33333333333.jpg
     
    ssss.jpg
     
     
     
     
     
     
     
     
     
     
     
     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend