पुस्तान्तरण हुन जरुरी छ :देवघाट गाउँपालिका अध्यक्ष थापा

images
  • 732
    SHARES
  • आश्विन १७, २०७९ सोमबार
    पुस्तान्तरण हुन जरुरी छ :देवघाट गाउँपालिका अध्यक्ष थापा
    images

    करिस्मा गुरुङ देवघाट तनहुँ : असोज १७ गते

    देवघाट गाउँपालिका वडा नम्बर ४ मोहोरीया भंज्याङ्गमा विजया दशमीको पावन अवसरमा हिजो आइतबार रोँटे पिङ्गको उद्घाटन गरिएको छ ।

    9999.jpg

    सोही रोँटे पिङ्गको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले रोँटे पिङ्गको उदाहरण दिदै पछिल्लो समय गाउँघर समुदायहरुमा पुस्तान्तरण हुन नसक्दा हाम्रो मौलिक कल्चर,संस्कृती,भेषभुषा,भाषा लोप हुन लागेको बताउदै पुस्तान्तरण हुन जरुरी रहेको देवघाट गाउँपालिका अध्यक्ष थापाले बताए।साथै उहाँले आजभन्दा करिब २५/३० वर्ष पहिले आफ्नै गाउँमा दशैँको अवसरमा रोँटे पिङ्ग बनाउने,खेल्ने गरेतापनि पुस्तान्तरण भने हुन नसकेको बताए ।

    6666.jpg

    अध्यक्ष थापाले हाम्रा बाउबाजेका पालामा हुने दशैँतिहार र अहिले हुने दशैँतिहारमा धेरै भिन्नता छाएको छ भन्दैँ पुर्खेउलिहरूले देखाएको बाटोलाई पुस्तापुस्ता सम्म पुर्‍याउने काम हाम्रो कर्तव्य हो अब हामीले पुर्खेउलि सँस्कृतिलाई सँगसँगै अगाडि बढाउनु पर्नेमा जोड दिने बताए । सोही कार्यक्रममा विशिष्ट अतिथि देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले नजिकिँदै गरेको बडा दशैँको शुभकामना दिदैँ उनले चाडपर्व मनाउदाँ आफ्नो क्षमता र दक्षताले भ्याए अनुसार सरल तरिकाले पर्व मनाउन सम्पूर्ण देवघाटवासीहरूलाई आग्रह गरे । तडकभडक, लागु पदार्थ सेवन,जुवातास जस्ता कुलतका चिजहरू प्रयोग नगरी आफ्नो परिवारमा खुसीयालीका साथ मनाउन अनुरोध गरे ।

    8888.jpg

    सोही क्रममा उपाध्यक्ष गुरूङले आफु सानो उमेरमा हुदाँ रोँटे पिङ्ग खेलेको अनुभव सुनाउदैँ रोँटे पिङ्गलाई अब देवघाटमा संरक्षण गरेर राख्नुपर्ने बताए । हरेक वर्ष दशैँमा बच्चाहरूले रोँटे पिङ्ग खेल्न पाउनुपर्छ भन्दै अब रोँटे पिङ्गलाई निरन्तरता दिन मोहोरीया वासीलाई अनुरोध गरे ।

    yyyy.jpg

    कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मित्रलाल गुरूङ, वडा सदस्य बुद्धिमान भुजेल, सुक बहादुर थापा, पुनुमाँया गुरूङ, सपना सुनार, वडा नम्बर ५ का वडा सदस्य याम बहादुर मगर, देवघाट गाउँपालिका वडा नम्बर ४ का पुर्व अध्यक्ष पदम बहादुर गुरूङ, नेपाली काङ्ग्रेस देवघाटका पुर्व सभापति प्रेम बहादुर गुरूङ, वडा नम्बर ४ का नेपाली काङ्ग्रेस पार्टी सभापति तथा गाईघाट टोल विकास संस्थाका अध्यक्ष नर बहादुर गुरूङ लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थिति रहेको थियोे ।

    fvbn.jpg

    कार्यक्रम आमडाँडा खोँडे मोहोरीया सामुदायिक वन, आमडाँडा र खोँडे मोहोरीया टोल विकास संस्था पंञ्चकन्या र कन्यादेवी आमा समूह जनशक्ति युवा क्लबको संयुक्त आयोजनामा भएको विजया दशमी तथा शुभ दिपावली २०७९ को पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान रोँटे पिङ्ग उद्घाटन साथै साँस्कृतिक कार्यक्रम भब्य रूपमा सम्पन्न भएको सो कार्यक्रम आमडाँडा खोँडे मोहोरीया सामुदायिक वनका अध्यक्ष यम बहादुर गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

    77777.jpg8.jpg44.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend