देवघाटमा एमालेबाट थापा नै बलियो उम्मेदबार

images
  • 218
    SHARES
  • बैशाख ३, २०७९ शनिबार
    देवघाटमा एमालेबाट थापा नै बलियो उम्मेदबार
    images

    देवघाट, बैशाख ३

    स्थानीय निर्वाचन नजिकिँदै गर्दा देवघाट गाउँपालिकामा प्रमुख पार्टीहरुले कसलाई टिकट दिन्छन् भन्ने चर्चा सुरु भएको छ । सबैभन्दा बढि चर्चा नेकपा एमालेले कसलाई उम्मेदबार बनाउँछ भन्ने चर्चा देवघाटमा बढेको छ ।

    २०७४ सालको स्थानीय निर्वाचनमा अध्यक्ष र दुई वटा वडामा बिजयी भएको नेकपा एमालेले यस पटक अध्यक्ष र उपाध्यक्ष सहित बहुमत वडामा बिजयी हुने दावी गरेको छ । तर टिकट वितरणमा सन्तुलन मिलाउन सकेन भने एमालेको जित्न निकै गाह्रो पर्ने बुझाई एमालेका कार्यकर्ताहरुको छ ।

    देवघाटको अध्यक्षमा एमालेबाट हालका अध्यक्ष दुर्गबहादुर थापा सहित ६ जना आकांक्षी रहेका छन् । अध्यक्षमा थापा सहित जिल्ला कमिटिका सदस्यद्वय बाबुराम अधिकारी र शिवराज पौडेल तथा गाउँपालिका कमिटि अध्यक्ष केशवचन्द्र न्यौपाने, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ र वडा नम्बर १ का अध्यक्ष भिम गुरुङ आकांक्षी देखिएका छन् ।

    यस मध्ये पनि सबैभन्दा बढि चर्चा वर्तमान अध्यक्ष दुर्गबहादुर थापा, वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङ र वडा नम्बर १ का अध्यक्ष भिमबहादुर गुरुङको रहेको बताईएको छ । केही एमालेका कार्यकर्ता जिल्ला कमिटि सदस्य पौडेललाई यस पटक वडा नम्बर ५ को अध्यक्ष बनाउनु पर्ने लबिङमा लागेका छन् ।

    पौडेल वडा नम्बर ५ मा निकै लोकप्रिय रहेको र उनलाई उठाउँदा पार्टीको जित निश्चित रहेको हुँदा पौडेललाई सर्वसम्मत रुपमा ५ नम्बर वडाको अध्यक्ष बनाउनु पर्ने केही कार्यकर्ताहरुले लविङ सुरु गरेका छन् । यद्यपी पौडेलले भने आफ्नो दावी गाउँ पालिकाको अध्यक्ष नै बन्नु पर्ने रहेको बताए । तर पार्टीले दिने जुनसुकै जिम्मेबारी पनि स्विकार गर्ने उनको भनाई छ ।

    यस पटक देवघाटमा सत्तारुढ गठबन्धनको साझा उम्मेदबार बन्ने र गठबन्धनको उम्मेदवारलाई हराउन सक्ने व्यक्तिलाई नै एमालेले उम्मेदबार बनाउनु पर्ने अधिकांश कार्यकर्ताहरुको भनाई छ । देवघाटमा माओवादी केन्द्र पनि बलियो शक्ति रहेको छ । साथै अधिकांश जनजाती समुदायको बाहुल्यता रहेको कारण पनि जनजातीकै नेतालाई उम्मेदबार बनाउनु पर्ने एमाले कार्यकर्ताहरुको छ । त्यसको लागि वर्तमान अध्यक्ष दुर्गबहादुर थापालाई नै उम्मेदबार बनाउनु पर्ने देवघाटका एक एमाले कार्यकर्ताले बताए ।

    अध्यक्ष थापाको कार्यकालमा देवघाटमा पार्टीको सल्लाह अनुसार राम्रा राम्रा कामहरु भएको भन्दै यस पटक पनि थापालाई उम्मेदबार बनाउनु पर्ने उनले बताए । पार्टी जिल्ला कमिटिले देवघाटको यथार्थ धरातल नै नबुझिकन एकतर्फीरुपमा टिकट बितरण ग¥यो भने पार्टीको हार हुन सक्ने उनले बताए ।

    अध्यक्ष थापाले आफु एक पटक अध्यक्षको आकांक्षी रहेको हुँदा पार्टीले आफुलाई जिम्मेबारी दिएमा पार्टीको जित दिलाउने बताए । आफ्नो कार्यकालमा देवघाटमा गाउँपालिकाको प्रशासकीय भवन, सबै वडामा वडा कार्यालय भवन, सुविधासम्पन्न १० शैयाको अस्पताल भवनको निर्माण सुरु भएको, हेफर इन्टरनेशनलको साझेदारीमा कृषि तथा पशु विकास कार्यक्रम, देवघाटलाई नेपालकै पहिलो पुर्ण सरसफाई युक्त स्थानीय तह बनाउन सफल भएको तथा युनिसेफको सहयोगमा स्वच्छ खानेपानीको व्यवस्थापनको काम महत्वपुर्ण भएको उनले थापाले बताए । आफ्ना केही महात्वाकांक्षी योजनाहरु भरखर सुरु भएको हुँदा त्यसलाई सम्पन्न गर्न अझै एक कार्यकाल अध्यक्ष बन्नु पर्ने भएकोले आफुले पनि अध्यक्ष पदमा इच्छा राखेको उनले बताए ।

     

    प्रतिक्रिया दिनुहोस्

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend