तनहुं गठबन्धनको बैठक निष्र्कष बिहिन टुङ्गीएयो , पालिकाको भागबण्डा नमिल्दा सकस

images
  • 334
    SHARES
  • बैशाख ६, २०७९ मंगलबार
    तनहुं गठबन्धनको बैठक  निष्र्कष बिहिन टुङ्गीएयो , पालिकाको भागबण्डा नमिल्दा सकस
    images

    बिकास पाण्डे,

    तनहुं गठबन्धनको बैठक सोमबार निष्र्कष बिहिन टुङ्गीएको छ । नेपालि कांग्रेस पार्टी कार्यालय दमौलीमा बसेको गठबन्धनको बैठकमा सिट भागबण्डा मा कुरा नमिल्दा बिना निष्र्कष टुङ्गीएको हो नेपालि कांग्रेस , नेकपा मावोवादी केन्द्र र नेकपा एकिकृत समाजबादी तनहुं बिच पालिकाको भागबण्डा नमिल्दा सकस परेको कांग्रेस तनहुंका सचिब लक्ष्मिभक्त खनालले जानकारी दिए । बैठक निष्र्कष बिहिन भएपनि यसलाई फेरी निरन्तरता दिने सहमति भने भएको छ ।

    नेकपा मावोबादी केन्द्रले बन्दीपुर , आंबुखैरनि गाउपालिका र शुक्लागण्डकिको प्रमुख माग गरेको छ भने ऋषिङ , देबघाट गाउपालिकाको प्रमुख तथा भानु र भिमाद नगरपालिकाको उपप्रमुख माग गरेको छ । यसैगरी नेकपा एकिकृत समाजबादिले भिमाद , शुक्लागण्डकि र भानु नगरपालिकाको प्रमुख , ऋषिङ , देबघाट गाउपालिका तथा ब्यास नगरपालिका मा उपप्रमुख माग गरेको छ । जनता समाजवादी पार्टिले देबघाट गाउपालिकाको अध्यक्षका साथै सबै पालिकामा उपस्थिति माग गरेको छ ।

    बैठकमा कांग्रेसले बन्दीपुर , देबघाट गाउपालिका तथा भिमाद नगरपालिकामा आफु दोस्रो भएको कुरा प्रस्तुत गरेको थियो । बैठकमा नेकपा मावोबादी केन्द्र र नेकपा एकिकृत समाजबादिले माग गरेअनुसारको पालिका दिन नसकिने कांग्रेसले जनाएको छ । नेपालि कांग्रेसले आफुले जितेका पालिकाको नेतृत्व आपÞmैसंग सुरक्षित राखेर अन्यमा छलफल गर्न सकिने जनाएको छ

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend