जित निश्चित छ:गठबन्धनका उम्मेदवार हरिबहादुर चुमान

images
  • 312
    SHARES
  • आश्विन ३१, २०७९ सोमबार
    जित निश्चित छ:गठबन्धनका उम्मेदवार हरिबहादुर चुमान
    images
    करिस्मा गुरुङ देवघाट तनहुँ:असोज ३१ गते
    कार्यक्रमका प्रमुख अतिथि सत्ता गठबन्धन तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा २ का प्रदेश सभाका उम्मेदवार हरि बहादुर चुमानले आज "संसारका क्रान्तिकारी युवाहरू एक होऔं" भन्ने मुल नारा सहित योङ्ग कम्युनिस्ट लीग नेपाल देवघाटद्वारा आयोजित नेपालीहरूको चाड दशै, तिहार, छठ साथै विभिन्न पर्वहरूको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो जित निश्चित रहेको कुरा बताएका छन्।
    311990526_432448818822714_7459391458715161329_n.jpg
    294164975_5628297020585875_3993688022190432364_n.jpg
     
    माओवादीका उम्मेदवार चुमानले गठबन्धनको सहयोग र आफ्नो विगतको भुमिकालाई सम्पुर्ण जनसमुदायले न्याय गर्नेमा बिश्वस्ता रहेको बताउदै आफ्नो महत्त्वपूर्ण मत दिई बहुमतका साथ बिजायी गराउनु आग्रह समेत गरेका थिए । गण्डकी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला मन्त्री समेत भइ सकेको चुमानले तनहुँ क्षेत्र नम्बर १ मा बिकासको कामहरुलाई उच्च प्राथमिकतामा राखि जनताको जनजिविकाको पक्षमा काम गरेको बताए।
    310698906_588376469705152_7637553376472378636_n.jpg
     
    देवघाट गाउँपालिका भित्र खानेपानी,सडक,शिक्षा,खेलकुद र स्वास्थ्यको क्षेत्रमा गरेको कामलाई जनताले मुल्यांकन गर्ने समेत बताएको थिएल। देवघाटधामलाई विश्वमै प्रशिद्व धार्मिक तिर्थ स्थलको रूपमा चिनाउने एवम् धार्मिक पर्यटन प्रवन्धनको रूपमा अघि लैजाने चुमानले बताए ।
     
    312025462_497167382334371_146482796452685593_n.jpg
     
    साथै देवघाटमा दासढुङ्गा देखी देवपुर हुँदै कोटा खाल्टे शालिग्राम कोरिडोर सडकमा कालोपत्रे लगायतका ग्रामीण सड्कको स्तरोन्नति तथा एकघर एक खानेपानी धारा अभियान,ग्रामीण खानेपानीको योजना,स्वास्थ्य चौकीको स्थापन लगायतको कामलाई आफुले विगतमा प्राथमिकता राखेको र भबिस्यमा पनि जनताको आधारभुत र न्यूनतम आबस्यकताको कामलाई उच्च प्राथमिकतामा राख्ने बताए ।
    308844574_1249740682516319_6630166364981201980_n.jpg
     
    चुनावी अभियानको क्रममा मात्रै नभाइ जनताको घरदैलोमा आइ जनता संग भेटघाट र अन्तरक्रिया गर्ने जनताको आवस्यकतालाई सम्बोधन गर्ने बताए। नेकपा माओवादी केन्द्रका पोलिट्ब्युरो सदस्य समेत रहेको चुमान चुनाव जितेमा माओवादी केन्द्रको भागमा गण्डकी प्रदेशका सरकारको नेतृत्वमा आएमा मुख्यमन्त्रीको दाबेदार समेत मानिएको छ। नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई,नेपाली काङ्ग्रेस महासँघ सदस्य रामचन्द्र पोख्रेल,गण्डकी प्रदेश सभाका समानुपातिक उम्मेदवार प्रेम बहादुर गुरूङ, नेपाली काङ्ग्रेस देवघाटका उप-सभापति पुरुषोत्तम शर्मा पण्डित,तनहुँ जिल्ला वाइसीएल अध्यक्ष केहर सिं आले ( बादल ),अनेमा संघ देवघाटका इन्चार्ज मायाँ शर्मा,देवघाट तरुण दलका सभापति बल बहादुर क्षेत्री लगाएतले मन्तव्य दिएका गिए ।
    311266399_685074826442764_1932929349449913406_n.jpg
     
    सो कार्यक्रममा वाइसीएल देवघाटका इन्चार्ज दुर्गालाल गुरुङले स्वागत मन्तव्य राखेको थियो भने वाइसीएल नेपाल देवघाटका सचिव उमेश आले र सुस्मा गुरुङले कार्यक्रम सञ्चालन गरेको थियो। कार्यक्रम वाइसीएल नेपाल देवघाटका अध्यक्ष योगेन्द्र गुरूङको अध्यक्षतामा सम्पन्न भएको थियोे ।
    311269410_522675002526628_7509836977665677486_n.jpg293672669_5869188339841952_7947516751014683454_n.jpg311920871_821418485726206_3268493649392728276_n.jpg311285180_1082098949171435_5105437837096991141_n.jpg311998241_6149142961780402_7462308270497532688_n.jpg311936409_878977219757779_1203311942439307719_n.jpg295241516_3191283907760040_4342453510578172612_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend