देवघाटमा निर्वाचन अधिकृतको कार्यालय स्थापन

images
  • 464
    SHARES
  • बैशाख ८, २०७९ बिहीबार
    देवघाटमा निर्वाचन अधिकृतको कार्यालय स्थापन
    images

    देवघाट तनहुँ, निर्वाचन नजिए संगै देशको ७ सय ५३ स्थानीय तहहरुमा आज एकसाथ अधिकृतको कार्यालय स्थापन भएको छ।यस्तै तनहुँको देवघाट गाउँपालिकामा पनि आज एक कार्यक्रमको बीच निर्वाचन अधिकृतको कार्यालय स्थापन भएको छ।

    3.jpg

    देवघाट गाउँपालिकाको सभा हलमा आज भएको कार्यक्रममा निर्वाचन अधिकृत देवघाटका थमनसिंङ्ग थापाले स्थानीय तहको निर्वाचन र आचारसंहिता पालनाको बिषयमा र उल्लंघन गरेर मा के कस्ता सजाय पाइन्छ भन्ने बिषयमा प्रष्ट पार्नु भएको थियो।साथै अधिकृत थापाले निर्वाचन प्रक्रियालाई स्वतन्त्र,निष्पक्ष र सव्य तरिकाले सम्पन्न गर्नका निम्ति सवै राजनीतिदलहरु,सुरक्षाकर्मी र अन्य उपस्थिति महानुभवहरुलाई आ-आफ्नो स्थान बाट सहयोग गर्न आग्रह गर्नुभएको थियो।

    4.jpg

    देवघाट गाउँपालिकामा १२ हजार ८ सय १५ जना मतदाता रहेको छ भने मतदान स्थल ८ वटा र मतदान केन्द्र १५ वटा रहेको निर्वाचन अधिकृत थमनसिंङ्ग थापाले बताउनु भएको थियो।

    कार्यक्रम निर्वाचन अधिकृत थमनसिंङ्ग थापालाई देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापा र उपाध्यक्ष बिमला थापाले खादा लगाएर स्वागत गर्नुभएको थियो।

    2.jpg

    कार्यक्रम देवघाट गाउँपालिका प्रशासकीय अधिकृत रमेश सुवेदी,देवघाट १ का अध्यक्ष भिम बहादुर गुरुङ,देवघाट ४ का अध्यक्ष पदम बहादुर गुरुङ,देवघाट ५ का अध्यक्ष याल बहादुर गुरुङ,नेकपा एमाले देवघाटका अध्यक्ष केशव चन्द्र न्यौपाने,नेपाली काङ्ग्रेस देवघाटका सभापति तिल बहादुर थापा,नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य जयकृष्ण सुवेदी,जसपा देवघाट अध्यक्ष संञ्जय पौडेल,राप्रपा नेपालका कृष्ण आचार्य लगाएतको उपस्थिति रहेको थियो।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend