देवघाटमा नेपाली काङ्ग्रेसले कुनै पार्टी संग गठबन्धन नगर्ने

images
  • 490
    SHARES
  • बैशाख ८, २०७९ बिहीबार
    देवघाटमा नेपाली काङ्ग्रेसले कुनै पार्टी संग गठबन्धन नगर्ने
    images

    बिकास पान्डे

    स्थानीय तहको निर्वाचन नजिकीएदै छ,देशको विभिन्न स्थानहरुमा विभिन्न पार्टीले आ- आफ्नो  उम्मेदबारहरुको टुंगो लगाउने क्रम निरन्तर अगाडी बढिरहेको छ। यसै बिचमा नेपाली काङ्ग्रेस देबघाट गाउपालिकाले कुनै पनि दल संग गठबन्धन नगर्ने निर्णय गरेको छ । 

    स्थानिय तहको निर्वाचनमा गठबन्धन गरेर पदिय भागबन्डा गर्दा सिङ्गो  नेपाली काङ्रेसमा प्रतिकुल असर पर्ने भन्दै गठबन्धन नगर्ने निर्णय गरेको हो । नेपाली काङ्रेसले स्थानिय तहमा आवश्यकता अनुसार अन्य राजनितिक दलसग गठबन्धन गर्न सकिने भन्ने निर्देशन माथी छलफल गर्दा कुनै पनि दलसग गठबन्धन नगर्ने निर्णय गरेको नेपाली काङ्ग्रेस  देबघाट गाउपालिकाका सभापति तिल बहादुर थापाले जानकारी दिनुभयो  । 

    देबघाट वडा नम्बर ५ को रानी सामुदायिक बनको भवनमा सम्पन्न बैठकमा कार्यसमितीका पदाधिकारी , वडा सभापती , निर्वाचनका आकांक्षी उम्मेदबार , नेपाली काङ्ग्रेसका अग्रज नेताहरुले कुनै पनि हालतमा गठबन्धन गर्न नहुने भनाइ राखेका थिए । 

    नेपाली काङ्ग्रेस देबघाटले  आयोजना गरेको  आजको बैठकले काङ्ग्रेस देबघाट आत्मनिर्भर र उच्च मनोबलका साथ एक्लै प्रतिस्पर्धा गर्न सक्ने पार्टी रहेको हुँदा अन्य दल सग गठबन्धन गर्न नसकिने सर्वसम्मत  निर्णय गरेको हो  ।  सो निर्णय को बारेमा आज नै देबघाट काङ्ग्रेसले जिल्लामा सिफारिस गरेर जानकारी गराएको समेत नेपाली काङ्ग्रेस देबघाट  गाउपालिकाका सभापती तिल बहादुर थापाले जानकारी दिनुभयो ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend