देवघाट तनहुँ:२०७९कार्तिक २० गते तनहुँको देवघाट गाउँपालिकाको सभा हलमा आज ५ नम्बर वडा कार्यालयको आयोजनामा वडा भित्रका उपभोक्त समितिका पदाधिकारीहरुलाई क्षमता बिकास एवं अभिमुखीकरण कार्यक्रम एक कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम सहभागीहरुलाई गाउँपालिका लेखा अधिकृत उमानाथ ढकाल,गाउँपालिका योजना शाखा अधिकृत रामप्रसाद सापकोटा,गाउँपालिका कार्यक्रम अधिकृत कृष्णराज पन्तले प्रशिक्षण दिनुभएको थियो। सो कार्यक्रममा देवघाट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी,देवघाट २ वडा अध्यक्ष मिन बहादुर राना,देवघाट ३ वडा अध्यक्ष टेक बहादुर आले,देवघाट ४ नम्बर वडा अध्यक्ष मित्र लाल गुरुङ,५ नम्बर वडा सदस्य बुद्धि बहादुर पाण्डे र याम बहादुर मगर लगाएतको उपस्थिति रहेको थियो भने देवघाट गाउँपालिकाका प्रबक्ता एवं ५ वडा अध्यक्ष पुर्ण बहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।









