करिस्मा गुरुङ देवघाट तनहुँ : कार्तिक २२ गते
तनहुँको देवघाटमा मठमन्दिरलाई संरक्षण गर्नुपर्छ भन्ने उद्देशका साथ राइजिङ्ग स्टार युवा क्लब देवघाटले देउसी भैलो कार्यक्रमबाट उठेको रकम निर्माणधीन अबस्थामा रहेको कालिका मन्दिरलाई एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो ।

राइजिङ्ग स्टार युवा क्लब देवघाटले १ लाख १ सय ११ रूपैयाँ देवघाट गाउँपालिका वडा नम्बर ५ नयाँवस्ती स्थित रहेको कालिका मन्दिरका अध्यक्ष याम बहादुर थापालाई सामुहिक रुपामा हस्तान्तरण गरिएको थियो। आफ्नै गाउँमा रहेको मन्दिरको संरक्षण हामी आफैँले गर्नुपर्छ भन्ने उद्देश्यले देउसी भैलो कार्यक्रमबाट उठेको रकम हस्तान्तरण गरिएको सोही राइजिङ्ग स्टार युवा क्लबका सदस्य मिना मगरले बताए ।

मगरले तिहारको समयमा देवघाट वरिपरि देउसी भैलो खेलेर उठाइएको रकम मन्दिरलाई सहयोग गरेको बताए । आर्थिक कठिनाई हुँदा हाल कालिका मन्दिरको निर्माण कार्य रोकिएको छ । मन्दिर निमार्णको लागि आजसम्म अनुमानित १६ लाख रूपैयाँ रकम खर्च गरिसकेको उक्त मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष अम्मर फेवालीले बताए । गएको स्थानीय सरकाले वडाबाट ४७ हजार ३ सय २९ रूपैयाँ मन्दिरलाई सहयोग गरिएको थियोे । कालिका मन्दिर अध्यक्ष याम बहादुर थापाले युवा क्लबले गरिएको अतुलनीय सहयोग प्रति हार्दिक आभार प्रकट गर्दै युवा क्लबको सधैँ कालिका माताले रक्षा गर्ने बताए।





