देवघाट गाउँपालिका अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको टुङ्गो अझैँ लागेन,वडा अध्यक्ष पदका लागी भने सहमति नजिक

images
  • 451
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    देवघाट गाउँपालिका अध्यक्ष पदमा नेपाली काङ्ग्रेसको टुङ्गो अझैँ लागेन,वडा अध्यक्ष पदका लागी भने सहमति नजिक
    images

    देवघाट तनहुँ,

    स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदबारको टुङ्गो लगाई सकेको छ। तर देवघाटमा भने नेपाली काङ्ग्रेस पार्टीले पालिका अध्यक्षको उम्मेदबारमा अझै टुङ्गो लगाउन मुस्किल परेको देखिन्छ।

    तनहुँमा हिजो बसेको सत्तारुढ दलबिचको विभिन्न चरणमा बैठक बिना निष्कर्ष टुंगियो गठबन्धनमा कुनै सहमति हुन सकेन।नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी बिचको गठबन्धनको टुंगो नलागेको हो। गठबन्धनको बिना निष्कर्षमा बैंठक टुंगे पछि नेपाली काङ्ग्रेसले सहमतिको लागी प्रदेश समितिमा सिफारिस गरेको नेपाली काङ्ग्रेसका एक कार्यकर्ताले बताएका छन ।

    देवघाट गाउँपालिकामा भने ५ वटानै वडाहरुमा नेपाली काङ्ग्रेसको वडा अध्यक्ष पदका लागी उम्मेदबारहरुको टुंगो लागी सकेको भित्री स्रोत बाट बिहानी मिडिया डट कमलाई जानकारी दिएको छ।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend