नेकपा एमाले देवघाटको ५ वटा वडामै उम्मेदवारहरुको लाग्यो टुङ्गो,अध्यक्ष र उपाध्यक्ष भने अझै सहमति हुन बाकी:

images
  • 526
    SHARES
  • बैशाख ११, २०७९ आइतबार
    नेकपा एमाले देवघाटको ५ वटा वडामै  उम्मेदवारहरुको लाग्यो  टुङ्गो,अध्यक्ष र उपाध्यक्ष भने अझै सहमति हुन बाकी:
    images
    देवघाट तनहुँ,
    स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको टुङ्गो लगाउदै गइ रहेको छ। यता तनहुँको देवघाट गाउँपालिकामा पनि नेकपा एमालेले ५ वटा वडामै आफ्नो उम्मेदवार तयार परेका छन्।
    vvv.jpg
     
    देवघाट गाउँपालिकाको ५ वटामा वडा अध्यक्ष पदका लागी उम्मेदवारहरु नेकपा एमालेले सर्वसहमतिमा तयार परेका छन्, देवघाट वडा १ बाट मणिराज गुरुङ, देवघाट वडा २ बाट हिरा बहादुर थापा,देवघाट वडा ३ बाट हर्क बहादुर थापा,देवघाट वडा ४ बाट मित्रलाल गुरुङ र देवघाट वडा ५ बाट शिवराज पौडेल रहेको देवघाट नेकपा एमालेका अध्यक्ष केशव चन्द्र न्यौपाने जानकारी दिनुभयो।साथै अध्यक्ष न्यौपानेले गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागी भने अझै टुङ्गो लगाउन बाकी रहेको बताउनुभयो।
     
    साथै नेकपा एमाले देवघाटले उम्मेदवारी दर्ता भने भोलि गर्ने भएको छ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend