तनहुँको देवघाटमा करिब ५५ प्रतिशत मत खस्यो

images
  • 173
    SHARES
  • मंसिर ४, २०७९ आइतबार
    तनहुँको देवघाटमा करिब ५५ प्रतिशत मत खस्यो
    images

     देवघाट तनहुँ : मंसिर ४ गते

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि भएको मतदानमा तनहुँको देवघाट गाउँपालिकामा करिब ५५ प्रतिशत मत खसेको छ ।

    316237082_165934339406522_6582941598324591935_n.jpg

    पालिकाभित्र रहेको ८ वटा मतदान स्थल र १५ वटा मतदान केन्द्र गरी करिब ५५ प्रतिशत मत खसेको देवघाट गाउँपालिका निर्वाचनमा खटिएका प्रहरी डिएसपी गणेश श्रेष्ठले बताए । देवघाट गाउँपालिकामा मतदाता तथ्यांकअनुसार कुल बाह्र हजार ५ सय २२ मतदाता रहेको छ भने पालिका भित्र ६ हजार ८ सय ३६ जनाले मतदान गरेका छन। पालिका भरिका मतदान स्थलहरूमा देवघाट १ स्थित पार्वती माध्यमिक विद्यालय कोटा मतदान स्थलमा जम्मा १हजार ७ सय ८० मतदाता संख्या रहेकोमा महिला तर्फ ५ सय ७५ जना र पुरूष तर्फ ५ सय २ दुई गरी जम्मा १ हजार ७७ जनाले मतदान गरेको छन् ।

    316408772_165933332739956_8232427147903466883_n.jpg

    देवघाट १ गणेश आधारभुत विद्यालय जामुने स्थित रहेको मतदान स्थलमा जम्मा ३ सय ६६ जना मतदाता संख्या रहेकोमा महिला ९६ र पुरूष १सय १५ गरी जम्मा २ सय ११ जनाले मतदान गरेको छन् । त्यस्तै देवघाट २ स्थित सर्वोदाय माध्यमिक विद्यालय व्यागन मतदान स्थलमा जम्मा ९सय ७२ मतदाता संख्या रहेकोमा महिला २सय १० र पुरूष २ सय ८ गरी जम्मा ४ सय १८ जनाले मतदान गरेको छन् । देवघाट २ स्थित कालिगंगा माध्यमिक विद्यालय तल्लो बैदीमा महिला २ सय २६ र पुरूष २सय ४७ गरी जम्मा ४सय ७३ जनाले मतदान गरेको छन् । देवघाट २ स्थित जानकी आधारभुत विद्यालय नरममा ६सय ५१ मतदाता संख्या रहेकोमा महिला १ सय १६ र पुरूष १सय ६९ गरी जम्मा २सय ८५ जनाले मतदान गरेको छन् ।

    316284600_165933139406642_1563968097389876803_n.jpg

    देवघाट ३ नम्बर वडा कार्यलय लुङ्ग्रीङ्गमा रहेको मतदान स्थलमा जम्मा १हजार ६सय ८० मतदाता संख्या रहेकोमा महिला ३सय ३५ र पुरूष ३सय ७३ गरी जम्मा ७सय ८ जनाले मतदान गरेको छन् । देवघाट ४ स्थित राष्ट्रिय आधारभुत विद्यालय काफलडाँडामा रहेको मतदान स्थलमा १हजार ५ सय ६९ मतदाता संख्यामा महिला ३सय ४५ र पुरूष ४सय ४९ गरी ७सय ९४ जनाले मतदान गरेको छन् । देवघाट ५ स्थित बज्रयोगिनी माध्यमिक विद्यालय देवघाटमा रहेको मतदान स्थलमा ४५८७ मतदाता संख्या रहेकोमा महिला १ हजार ३ सय ९९ र पुरूष १हजार ४सय ७१ गरी २हजार ८सय ७० जनाले मतदान छन् । देवघाट गाउँपालिकाको सबै मतदान स्थलमा शान्तिपूर्ण मतदान सम्पन्न भएको र सवै मतपेटिकाहरुलाई सुरक्षित साथ निर्वाचन कार्यालय दमौली केन्द्रमा पठाईएको निर्वाचनमा खटिएका प्रहरी डिएसपी गणेश श्रेष्ठले बिहानी मिडियालाई जानकारी दिए ।

    316521767_165899629409993_1993441781729474000_n.jpg316407462_165933449406611_1348098004146948911_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend