देवघाट बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभा सम्पन्न

images
  • 267
    SHARES
  • आश्विन २२, २०७८ शुक्रबार
    देवघाट बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभा  सम्पन्न
    images

    देवघाट, २१ असोज । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर ५ गैरीटारमा रहेको देवघाट बचत तथा ऋण सहकारी संस्थाको दशौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । देवघाट आज आयोजित एक कार्यक्रमका बिच संस्थाको दशौं वार्षिक सधारण सभा सम्पन्न भएको हो।

    सहकारीले १० औ वर्षमा प्रवेश गरेकोमा हार्दिक बधाई दिदैँ कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गवहादुर थापाले बचत नै बुढेसकालको सहारा हो पछि गएर के हुन्छ त्यो थाहा हुदैँन भन्दै बचत गर्ने बानीलाई निरन्तरता दिनका लागि अनुरोध गरेका थिए। देवघाट गाउँपालिकाभित्र रहेका सम्पूर्ण  सहकारीहरू मध्ये यो देवघाट सहकारी उत्कृष्ट रहेको र समाजमा पनि राम्रो काम गर्दै आएको थापाले बताए । 

    सोही समारोहमा अध्यक्ष थापाले विकास निर्माण कार्यमा नै पालिकाको बजेट धेरै जसो खर्च भएको हुदाँ कतिपय वडाभित्रका सानातिना गतिविधिहरूलाई बजेट नै दिन नसकेको बताए । उनले विकासको क्रममा हरेक क्षेत्रलाई सकेको समेट्दै लगिरहेको बताउदैैँ गौरीटार स्थित रहेको कुलेश्वर मन्दिरको लागि पनि विभिन्न सँघसँस्थाहरू सामुदायिक वन, सहकारी, वडा कार्यलय, चन्दा उठाएर र गाउँपालिकाबाट पनि सकेको सहयोग गर्ने बताए । 

    सो साधारण सभामा सहकारीका सम्पूर्ण सेयर सदस्यहरूको सहभागीता रहेका थिए भने सोही सहकारीका अध्यक्ष अर्जुन अधिकारीले वर्षभरिमा गरेका गतिविधि र अब सहकारीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा जानकारी गराए । 

    कार्यक्रममा उत्कृष्ट बचतकर्ता भक्त बहादुर थापा र लक्ष्मी रेग्मी र उत्कृष्ट ऋणि बिमला न्यौपाने अनि पुर्ब अध्यक्ष शरदचन्द्र पोख्रेललाई सम्मान सम्मान गरिएको थियोे ।

    244767173_1185021525337914_2148417211008967827_n.jpg

    कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर पाँचका वडा सदस्य टुकनाथ अधिकारी, संस्थापक अध्यक्ष पुर्णवहादुर कुवर, सोही सहकारीको कोषाध्यक्ष  बद्रीप्रसाद मिश्र, शेयर सदस्य अन्जु भन्डारी दुवाडी, बाबुराम पौडेल, रानीबन सामुदायिक बनका अध्यक्ष सन्त बहादुर थापा लगायतले शुभकामना मन्तव्य सँगसँगै मन्तव्य पनि राखेका थिए ।

    कार्यक्रम सहकारीका सञ्चालक समितिका सचिव प्रसन्न ढकालले सञ्चालन गरेका थिए भने अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

  • सम्बन्धित विषय:

  • # देवघाट बचत तथा ऋण सहकारी संस्था
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend