देवघाट तनहुँ, स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गरिरहेको छ। यता तनहुँको देवघाट गाउँपालिकामा पनि नेकपा एमालेले अध्यक्ष/उपाध्यक्ष र ५ वटा वडामा आफ्नो उम्मेदवार मनोनयन दर्ता गरेका छन्।
नेकपा एमाले पार्टी देवघाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार दुर्ग बहादुर थापा,उपाध्यक्ष सावित्री न्यौपाने र वडा अध्यक्षहरुमा देवघाट वडा १ बाट मणिराज गुरुङ, देवघाट वडा २ बाट हिरा बहादुर थापा,देवघाट वडा ३ बाट हर्क बहादुर थापा,देवघाट वडा ४ बाट मित्रलाल गुरुङ र देवघाट वडा ५ बाट शिवराज पौडेलले उम्मेदवार मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत ठमनसिंङ्ग थापाले जानकारी दिनुभयो।



