नेकपा माओवादी केन्द्र देवघाटको अध्यक्षमा नेपाल र उपाध्यक्ष गुरुङ लगाएत वडा अध्यक्षहरुको मनोनयन दर्ता

images
  • 1.0K
    SHARES
  • बैशाख १२, २०७९ सोमबार
    नेकपा माओवादी केन्द्र  देवघाटको  अध्यक्षमा नेपाल र उपाध्यक्ष गुरुङ लगाएत वडा अध्यक्षहरुको मनोनयन दर्ता
    images

    देवघाट तनहुँ,

    स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता गरिरहेको छ। यता तनहुँको देवघाट गाउँपालिकामा पनि नेकपा माओवादी केन्द्रले अध्यक्ष/उपाध्यक्ष र ५ वटा वडामा आफ्नो उम्मेदवार मनोनयन दर्ता गरेका छन्।

    नेकपा माओवादी केन्द्र देवघाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार सुशील नेपाल,उपाध्यक्ष भुवनसिंङ्ग र वडा अध्यक्षहरुमा देवघाट वडा १ बाट पदम बहादुर गुरुङ, देवघाट वडा २ नव बहादुर थापा,देवघाट वडा ३ बाट नवराज गुरुङ ,देवघाट वडा ४ बाट होम बहादुर गुरुङ र देवघाट वडा ५ बाट दुर्गालाल गुरुङले उम्मेदवार मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत ठमनसिंङ्ग थापाले जानकारी दिनुभयो।

     

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend