देवघाटमा पितृको नाममा बत्ती बाल्ने भक्तजनहरू घुइँचो 

images
  • 226
    SHARES
  • मंसिर ५, २०७९ सोमबार
    देवघाटमा पितृको नाममा बत्ती बाल्ने भक्तजनहरू घुइँचो 
    images

    करिस्मा गुरुङ देवघाट तनहुँ : मंसिर ५ गते

    पवित्रा तिर्थस्थल देवघाटधाम बेनि संगममा आज पितृको नाममा बत्ती बाल्ने तिर्थालू भक्तजनहरूको घुइँचो लागेको छ।

    316406473_166137982719491_8432720640315623528_n.jpg

    बाला चतुर्दरशी अर्थात शतबीज छर्ने अघिल्लो दिन भएको हुँदा देवघाटधाममा हजारौँ तिर्थालू भक्तजनहरूहरूको घुइँचो लागेको छन् । आजको दिन आफ्नो पितृको नाममा रातभरि बत्ती बालेर बस्ने प्रचलन रहिआएको भएको हुदाँ आज देवघाटमा धार्मिक आस्था भएका लिएर हजारौँ भक्तजनहरू आफ्नो पितृको नाममा बत्ती बालेर भजनकृतन गर्दै नदिको किरणमा बसेका छन् । आजको दिन बिहानैबाट व्रत बस्ने चलन पनि छ । भोलि बिहान नदिमा नुहाएर होम हाली पुजा गरेर शतबीज छर्दै भक्तजनहरू घर फर्किने प्रचलन रहेको छ । आज बिहानबाट व्रत बसी अहिले पवित्रा देवघाटधाममा आएर पितृको नाममा बत्ती बालेर बस्दा आफुलाई आन्नदको महशुस हुने मनमा शान्ति मिल्ने गरेको भरतपुर महानगरपालिका १६ टाडीबाट देवघाट आएकी भगवती पौडेल बताए ।

    316522741_166142049385751_1866907444538224123_n.jpg

    पितृलाई खुसी बनाउने उद्देश्यले आज बिहानै बाट व्रत बसेर अहिले देवघाट बत्ती बालेर बसेको काठमाडौँबाट आएकी शिला बानियाँले बताए । उनले पितृको नाममा लाख बत्ती बालेर रातभरी पितृकै नाममा बत्ती बलेर बस्ने बताए । भरतपुर महानगरपालिका १ रामनगरबाट आएकी दुर्गा कुँवरले आफु पहिलो पटक बाला चतुर्दरशीको पहिलो दिन बत्ती बालेर बसेको बताउदैँ भोलि बिहान नुहाएर स्वर्गीय सासु आमाको नाममा होम हालेर पुजाआजा पछी मात्रै घरमा फर्किने बताए। भोलि बिहान छर्ने सतबिजन चराचुरुङ्गीले खायो भने र भुईमा उम्रीयो भने राम्रो हुने वा पितृले प्राप्त गर्छ भन्ने भनाई पनि रहिआएको छ । सक्ने मान्छेले आज र भोलि दुई दिन पानी समेत नखाई व्रत बस्ने प्रचलन रहेको छ ।

    316409508_166138226052800_2159441600385508833_n.jpg

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend