देवघाट तनहुँ,
स्थानीय तहको निर्वाचन नजिकि संगै देशको विभिन्न स्थानहरुमा पार्टीले आ-आफ्नो उम्मेदवारहरुको मनोनयन दर्ता हिजो गरि सकेको छ। यता तनहुँको देवघाट गाउँपालिकामा पनि नेपाली काङ्ग्रेस पार्टीले पालिकाको अध्यक्ष/उपाध्यक्ष र देवघाटको ५ वटा वडाकै उम्मेदवार मनोनयन दर्ता हिजो गरेको छ।
नेपाली काङ्ग्रेस देवघाटले गाउँपालिकाको अध्यक्षमा तिल बहादुर थापा,उपाध्यक्षमा राधादेवी खनाल र देवघाटको वटा वडाहरुमा अध्यक्ष पदका लागी देवघाट १ वडामा मुक्तिलाल थापा, देवघाट २ वडामा मिन बहादुर राना,देवघाट ३ वडामा टेक बहादुर आले,देवघाट ४ वडामा पदम गुरुङ्ग,देवघाट ५ वडामा पुर्ण बहादुर कुवँरले उम्मेदवार मनोनयन दर्ता हिजो गरेको निर्वाचन अधिकृत थमनसिंङ्ग थापाले जानकारी दिनु भयो



