उम्मेदवारहरुको प्रतिबद्ध देवघाट गाउँपालिकाको धार्मिक पर्यटकीय प्रवर्द्धन गर्न

images
  • 255
    SHARES
  • बैशाख १७, २०७९ शनिबार
    उम्मेदवारहरुको प्रतिबद्ध देवघाट गाउँपालिकाको धार्मिक पर्यटकीय प्रवर्द्धन गर्न
    images

    देवघाट तनहुँ, 

    देवघाट गाउँपालिकाको पहिलो अन्लाईन बिहानी ब्रोकास्टिङ मिडियाले सञ्चालन गरेको बिहानी मिडिया डटकमको उद्घाटन कार्यक्रममा बोल्दै उमेदवारहरुले देवघाटको धार्मिक,पर्यटकीयस्थल देवघाटको प्रवर्द्धनका गरि देवघाट गाउँ पालिकाको विकासलाई थप उचाइमा पुर्‍याउने बताए।

    3.jpg

    अध्यक्षको पहिलो कार्यकाल सकेर पुनः दोस्रो कार्यकालका लागि उमेदवारी दिएका दुर्गबहादुर थापाले कोरोना महामारीका कारण अधुरा रहेका योजनालाई पूरा गर्न फेरि अध्यक्ष बन्न चाहेको बताए । उनले नेकपा एमाले बाट अध्यक्षका लागि उमेदवारी दिएका हुन् ।

    3.jpg

    पहिलो कार्यकालमा देवघाटलाई पूर्ण सरसफाइ, अर्गानिक कृषि, बालमैंत्री र वातावरणमैत्री गाउँपालिका बनाउन सफल भएको उनले बताए । गाउँपालिकाका बस्तीबस्तीमा कच्ची बाटो पुगिसकेकोले अब त्यसको स्तरोन्नति गर्न पुनः अध्यक्ष बन्न चाहेको उनको भनाइ छ ।

    4.jpg

    नेपाली कांग्रेसबाट गाउँपालिकाको अध्यक्षमा उमेदवारी दिएका तिल बहादुर थापाले देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे । देवघाटमा तीन जिल्ला जोड्ने त्रिकोणात्मक पुलको सर्वे भइरहेकोले आफ्नै कार्यकालमा पुल निर्माण सुरू गर्ने गरी काम गर्ने उनले बताए ।

    5.jpg

    जिल्ला सदरमुकाम दमौली जोड्न सेती नदीको नाल्दी घाट र साराङघाटमा पुल निर्माण गर्ने उनले बताए । २५ वर्ष शिक्षण पेसा गरेर २०७० सालमा सेवानिवृत्त भएका तिलबहादुर थापा नेपाली कांग्रेस देवघाट गाउँपालिकाका सभापति समेत हुन् ।

    बिहानी मिडिया डटकमका सञ्चालक आशिक रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उमेदवारहरुले आफूले गर्ने कामका बारेमा जानकारी गराएका थिए ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend