देवघाट तनहुँ,
वैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनको लागि तनहुँको देवघाट गाउँपालिका अध्यक्ष र वडाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गरेका ४ जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन्। उम्मेद्वारी फिर्ता गर्न चाहनेहरुले फिर्ता गर्न पाउने अन्तिम दिन हिजो उनीहरुले आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन्।
उम्मेद्वारी फिर्ता लिनेहरुमा नेकपा माओवादी केन्द्र बाट अध्यक्ष पदका उम्मेदवार सुशील नेपाल,मस्वतन्त्रबाट उम्मेद्वारी दिएका अध्यक्ष पदका शुकुलाल गुरुङ र हिमालय पौडेल र देवघाट ५ नम्बर वडामा स्वतन्त्र उम्मेद्वारी दिएका प्रवीण कार्कीले उम्मेद्वारी फिर्ता लिएको गाउँपालिकाका निर्वाचन अधिकृत थमनसिंङ्ग थापाले जानकारी दिनुभयो।



