देवघाट तनहुँ,
तनहुँको देवघाट गाँउपालिकामा नेपाली काग्रेंस र नेकपा(माओवादी) केन्द्रबिच गठबन्धन भएको छ । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि काग्रेंस र माओवादी केन्द्रबिच गठबन्धन भएको हो । गठबन्धन अनुसार देवघाट गाँउपालिका अध्यक्ष पदमा नेपाली काग्रेंसको तर्फबाट तिल बहादुर थापा र उपाध्यक्ष पदमा माओवादी केन्द्रको तर्फबाट भुवन सिं गुरुङ उम्मेदवार बन्नुभएको छ ।

गठबन्धनको आवश्यकता किन भन्ने पत्रकारको प्रश्नमा,नेपाली काग्रेंसका देवघाट उपसभापति पुरुषोत्तम शर्मा पण्डितले वर्तमान राजनैतिक औचित्य र आवश्यकताका आधारमा गठबन्धन भएको बताउनुभयो । केन्द्रमा गठबन्धन रहेकोले स्थानिय पालिमा समेत गठबन्धन गरिएको पण्डितले जोड दिनुभयो । यसैगरी उपाध्यक्ष पदका उम्मेदवार भुवन सिं गुरुङले देवघाट गाँउपालिका अध्यक्ष उपाध्यक्ष सहित देवघाट गाँउपालिका १ नम्बर र ५ नम्वर वडामा गठबन्धन गरिएको अन्य वडाहरु २ नम्बर ३ नम्बर र ४ नम्बर वडामा मित्रवत रुपमा निर्वाचनमा गएको बताउनुभयो ।

देवघाट गाउँपालिका १ वडाध्यक्षमा कागे्रसबाट मुक्ति थापा र देवघाट ५ वडाअध्यक्षमा पुर्ण बहादुर कुँबर साझाँ उम्मेदवार रहनुभएको छ भने वडासदस्यमा काग्रेंस र माओवादी केन्द्रका उम्मेदवार रहनुभएको छ । दुबै पार्टीको घोषणा पत्र साझा हुने र आज नै घोषणा पत्र तयार हुने गुरुङले जानकारी दिनुभयो । सो घोषणापत्रमा देवघाट गाँउपालिकामा शिक्षा,स्वास्थ्य,खेलकुद, भौतिक निर्माण,खानेपानी,महिला तथा वालवालिका,सञ्चार लगायतका विषय अट्ने गुरुङले बताउनुभयो । २०७४ को स्थानिय तहको आकाडा अनुसार गठबन्धन नै बलियो रहेकोले २०७९ सालको स्थानिय तहको निर्वाचनमा आफुहरुले जित्ने गठबन्धनका उम्मेदवारहरुले बताएका छन् ।



