देवघाटको कोटामा ३ सय विरुवा वृक्षारोपण

images
  • 286
    SHARES
  • आश्विन २३, २०७८ शनिबार
    देवघाटको कोटामा ३ सय विरुवा वृक्षारोपण
    images

    देवघाट, २३ असोज । तनहुँको देवघाट गाउँपालिका वडा नम्बर १ कोटामा रहेको पशु बिकास फर्म वरिपरि वृक्षारोपण गरिएको छ। लियो क्लब अफ देवघाट चौतारी, चितवन ग्रीन लियो क्लब र रत्ननगर मिड नेपालको आयोजनामा आज ३ सय बिरुवा बृक्षारोपण गरिएको हो।

    245062341_426159718865549_7314600179025086197_n.jpg

    सो बृक्षारोपण करीब ४ रोपनी  क्षेत्रफल वरिपरि आज ५ प्रजातिका बिरुवाहरु कटहर, तेजपत्त, अमला, अम्बा आदि  गरि ३ सय बिरुवा बृक्षारोपण गरिएको लियो क्लब अफ देवघाट चौतारी अध्यक्ष आत्मराम पाण्डेले जानकारी दिनुभएको थियो।

    244767674_910330693230910_3418163421368701281_n.jpg

    सो बृक्षारोपण कार्यक्रममा देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङले पशु बिकास फर्म आसपास क्षेत्रलाई हरियाली बनाई  स्वच्छ रमणीय स्थान बनाउने बताउनुभयो।साथै सो स्थानको संरक्षण गर्ने दायित्व हामी सवै जनसमुदायको रहेको बताउनुभयो ।

    कार्यक्रममा समृद्धि नेपालका संयोजक सम्राट अधिकारी,चितवन ग्रीन लियो क्लबका सुवर्ण खरेल, रत्ननगर मिडनेपालका अस्मिता आचार्य समाजसेवी युवा नुर गुरुङ लगाएको उपस्थिति रहेको थियो।

  • सम्बन्धित विषय:

  • # देवघाट गाउँपालिका
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend