देवघाट तनहुँ : मंसिर १४ गते
हेफर इन्टरनेशनल नेपालद्वारा देवघाटका कृषकहरूलाई मेसिन वितरण गरिएको छ ।

"समय, श्रम र श्रोताको बचत गर्नु पनि कमाई हो" भन्ने मुल नारा सहित घुम्तिकोष संचालनको लागि हेफर इन्टरनेशनल नेपालको सहयोगमा आज चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था लि. भित्र रहेका कृषकहरूलाई सो कुटी काट्ने मेसिन वितरण गरिएको हो । सोही कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ अध्यक्ष एवं प्रवक्ता पुर्ण बहादुर कुँवरले चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारीले हिजो भन्दा आज धेरै राम्रो काम गर्दै गएको छ भन्दै यस सहकारीलाई नमुना सहकारीको रूपमा स्थापित गर्न तर्फ अगाडि बढ्न अनुरोध गरे ।

अध्यक्ष कुँवर आफू पनि पहिला सहकारीमा आवद्ध भएको हुदाँ यस सहकारीलाई अगाडि बढाउन आफुले व्यक्तिगत वा वडाको तर्फबाट गर्नुपर्ने कामका कुनै कन्जुस्याइँ नगर्ने बताए । उनले मेसिन सहयोग दाता हेफर इन्टरनेशनल नेपाललाई धन्यवाद दिदैँ आगमि दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरे । सो मेसिन कृषकलाई किस्ताबन्दीमा वितरण गरिएको सहकारीका व्यवस्थापक संगिता ओझा भुर्तेलले बताए । हेफर इन्टरनेसनल नेपालले महिला सहकारीलाई पहिलो प्राथमिकता दिएर सो मेसिन अनुदानमा सहकारीलाई दिइएको सोहि सहकारीका अध्यक्ष तारादेवी पन्तले बताए ।

यस्तै सहयोगहरू आगमि दिनहरूमा पनि ल्याउन आनुरोध गर्दै सहयोगी दाताहरूले गर्दा सहकारीलाई अझ माथि उकास्न टेवा पुगेको पन्तले बताए । हेफरले सहकारीलाई १ सय कुटी काट्ने मेसिन अनुदानमा दिइएको छ । आज कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर ५ अध्यक्ष एवं प्रवक्ता पुर्ण बहादुर कुँवरको प्रमुख अतिथ्यमा सो मेसिन हस्तान्तरण गरिएको हो । चक्रबर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था लि. का अध्यक्ष तारादेवी पन्तको अध्यक्षता सम्पन्न भएको सो कार्यक्रममा हेफर इन्टरनेशनलबाट ऋषिराम पौडेल, डा. राजेन्द्र ढकाल, गोपाल भुषाल लगाएत उपस्थित रहेको थियोे भने कृषकहरू मेसिन लिन सहभागी रहेका थियोे।






