देवघाट तनहुँ : मंसिर १५गते
देवघाटधाम जेसीज ( प्र.) द्वारा आयोजित जेसीज सप्ताह - २०२२ भव्यताका साथ सम्पन्न भएको छ ।

देवघाटधाम जेसीज स्थापित भएको पहिलो वर्ष भएकोले विभिन्न कार्यक्रमहरू गरी सम्पन्न गरिएको हो । "मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो" भन्ने जेसीज आस्था अनुसार जेसी अर्जुन पौडेलको संयोजकत्वमा सप्ताहको पहिलो दिन बिहान देवघाट बेणी संगममा सरसफाइ कार्यक्रम गरी सप्ताह सुरू भएको थियोे त्यस्तै गरी जेसी मोहन चन्द्र पोख्रेलको संयोजकत्वमा देवघाट गाउँपालिकाको सभा हलमा कर तथा लेखा सम्बन्धि तालिम दिइएको थियोे । भने जेसी अर्जुन सुवेदीको संयोजकत्वमा देवघाट ५ घिनाटार स्थित रहेको चक्रवर्ती आधारभूत विद्यालयमा स्टेशनरी तथा पुस्तक वितरण गरिएको थियोे ।

त्यस्तै जेसी भिमलाल न्यौपानेको संयोजकत्वमा कालिका माध्यमिक विद्यालय देवघाट ५ क्युँदीमा लागुपदार्थ दुर्व्यसनी सचेतना कार्यक्रम गरी सप्ताहको पहिलो दिन मनाइएका थिए । हरेक वर्ष जेसीजहरूको महान चाडको रूपमा लिएको जेसीज सप्ताह कार्यक्रममा देवघाटधाम जेसीज( प्र.)ले विभिन्न कार्यक्रमहरू संचालन गरेर भब्यताका साथ मनाइएको देवघाटधाम जेसीज( प्र.) अध्यक्ष विकास सापकोटाले बताए । सापकोटाले स्थापना भएको पहिलो वर्षको सप्ताह भएकोले विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइएको सापकोटाले भने । कार्यक्रमका प्रमुख अतिथि जेसीज वर्ष २०२ राष्ट्रिय अध्यक्ष अरूणेश्वर खनालले जेसीज स्थापित पहिलो वर्षमा नै देवघाट जेसीले अति राम्रो कार्यक्रम गरेको बताए । खनालले देवघाट धार्मिक आस्थाको केन्द्र भएको र मानवसेवा सँस्था जेसीज पनि यहीँ स्थापित हुदाँ यस स्थानलाई जेसीजले हरेक क्षेत्रबाट अगाडि बढाउने छ भन्ने विश्वास व्यक्त गरे । जेसीज मानवसेवी संस्था भएको हुदाँ यसले समाजका हरेक त्रियाकलापहरूलाई अगाडि बढाउनुमा योगदान पुर्याएको हुन्छ भन्दै देवघाट गाउँपालिकाबाट देवघाटधाम जेसीजलाई स्थायी भवन निर्माणका लागि सहयोग पुर्याउन खनालले आग्रह गरे ।

सो कार्यक्रममा देवघाट गाउँपालिका अध्यक्ष तिल बहादुर थापाले देवघाटधाम जेसीजले स्थापनाकालदेखि नै राम्रो काम गर्दै आएको हुदाँ पालिकाले निति तथा कार्यक्रममा बजेट बिनियोजन गरिएको बताए । अब जेसीजलाई आर्थिक रूपमा सहयोग र व्यवस्थापनमा देवघाट गाउँपालिकाले सहयोग गर्ने बताए । थापाले जेसीजले अब पालिकासँग समन्वय गरेर अघि बढ्नुपर्छ भन्ने सुझाव दिदैँ जेसीज मार्फत देवघाटका सानासाना बच्चाहरूलाई व्यक्तित्व विकास गरी अगाडि बढाउनु पर्छ भने । स्थापनाकालमै देवघाटधाम जेसीजको कामको प्रशंसा गर्दै सम्पूर्ण जेसी टिमलाई धन्यवाद दिए ।

सो कार्यक्रममा देवघाट ५ नं.वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले देवघाटधाम जेसीजले सराहनीय काम गरेको बताए । कुँवरले यसरी नै समाजिक कार्य गर्दै अगाडि बढ्न आग्रह गरे । कार्यक्रममा इलाका प्रहरी कार्यालय देवघाटका वरिष्ठ नायब निरिक्षक भेषराज रेग्मी, नेपाल पत्रकार महाँसघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा,विभिन्न जेसीज शाखाका अध्यक्ष लगाएत देवघाटधाम जेसीजका सम्पूर्ण जेसीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । देवघाटधाम जेसीज( प्र.) अध्यक्ष जेसी विकास सापकोटाको अध्यक्षतामा सप्ताह कार्यक्रम सम्पन्न भएको थियोे ।





