आजको मौसमः मौसमी प्रणाली नरहे पनि केही प्रदेशमा हल्का वर्षा हुने

images
  • 156
    SHARES
  • कार्तिक ५, २०७८ शुक्रबार
    आजको मौसमः मौसमी प्रणाली नरहे पनि केही प्रदेशमा हल्का वर्षा हुने
    images

    चितवन, ५ कार्तिक । हाल नेपालमा असर गर्ने खालको उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाखाले जनाएको छ । तर पनि हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र बागमती प्रदेशका एक–दुई स्थानहरूमा हल्का वर्षा भईरहेको छ ।1616903961-QMM6n.jpg

    आज दिउँसो प्रदेश नम्बर १, प्रदेश २, बागमती प्रदेश, र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ  ।

    प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ । राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # मौसम
  • Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend