तनहुँको देवघाटमा आज बिहानै दुईवटा मोटरसाइकल चोरी

images
  • 868
    SHARES
  • पौष ८, २०७९ शुक्रबार
    तनहुँको देवघाटमा आज बिहानै दुईवटा मोटरसाइकल चोरी
    images
    देवघाट तनहुँ:२०७९ पौष ८
    तनहुँको देवघाटमा आज बिहानै दुईवटा मोटरसाइकल चोरी भएको छ । आज बिहान करिब ३:३० र ४:०० बजे समयको बिचमा पुलको मुख गणेश मन्दिरबाट दुई सय सि.सि.को एनयस र एक सय पचास सि.सि. को निलो पल्सर मोटरसाइकल चोरी भएर हराइएको इलाका प्रहरी कार्यालय देवघाटका वरिष्ठ नायब निरिक्षक भेषराज रेग्मीले बिहानी मिडियालाई जानकारी दिएको छ।
     
    एनसय मोटरसाइकल देवघाट ५, तनहुँ स्थित बसोबास गर्ने पच्चीस बर्षिय रोहन पौडेलको रहेको छ भने भक्तपुर स्थित बसोबास गर्ने ४७ बर्षिय योगेश प्रसाद ढुङ्गानाको पल्सर मोटरसाइकल रहेको रेग्मीले जानकारी दिए । बा.प्र.०६-००१ प ५५२२ नम्बर लेखिएको सेतो रङ्गको एनयस मोटरसाइकल र कालो र रातो रङ्गको पल्सर मोटरसाइकल चोरी भएको थाहा पाए पछि आज बिहान देवघाट ईलाका प्रहरी कार्यालयमा पुगि खोजी कार्यमा सहयोग गर्न आग्रह गर्दै निवेदन समेत पेश गरेको रोहन पौडेलले बिहानी मिडियालाई जानकारी दिएको थियो ।
     
    योजेश प्रसाद ढुङ्गाना भक्तपुरबाट औँशीको श्राद्व गर्न भनेर हिजो नै देवघाट आएर बसेका थिए आज बिहानै मोटरसाइकल हरायो भने । यदि कसैले देख्नु भएमा नजिकै रहेको इलाका प्रहरी कार्यालय वा तलको मोबाइल नम्बरमा
    रोहन पौडेल मो.न. ९८४५९३३२३३ ,योगेश प्रसाद ढुङ्गाना ९८४१६८२२१२ सम्पर्क गरिदिनुहोला ।

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend