तनहुँको देवघाट गाउपालिकाको लेखा अधिकृत उमनाथ ढकाललाई स्थानिय युवाहरूले अन्याय र अत्याचार गरेको भन्दै कालोमोसो दले

images
  • 1.1K
    SHARES
  • पौष ११, २०७९ सोमबार
    तनहुँको देवघाट गाउपालिकाको लेखा अधिकृत उमनाथ ढकाललाई स्थानिय युवाहरूले अन्याय र अत्याचार गरेको भन्दै कालोमोसो दले
    images

    देवघाट । देवघाट गाउँपालिका वडा नं.३ का स्थानीयले गाउँपालिकाका दुई कर्मचारीमाथि दुव्र्यवहार गरेका छन् । छिपछिपेका स्थानीयले सोमबार लेखा अधिकृत उमानाथ ढकाल र सहायक लेखा अधिकृत सञ्जय शर्मामाथि कार्यकक्षमै दुव्र्यवहार गरेका हुन् । दुवैजना कर्मचारीमाथि स्थानीयले कालोमोसो दलेका थिए । 
    गाउँलेको हरेक कृयाकलापमा दुःख दिने र गाउँपालिकाभित्र अनियमितता गरेको भन्दै स्थानीयले दुई कर्मचारीमाथि दुव्र्यवहार गरेका हुन् । कर्मचारीमाथि दुव्र्यवहार भएपछि इलाका प्रहरी कार्यालय देवघाटले सुरक्षा दिएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका वरिष्ठ प्रहरी नायव निरीक्षक भेषराज रेग्मीले जानकारी दिए । 

    322131522_550670603340850_2332303290364654232_n.jpg
    छिपछिपे भञ्ज्याङ सोलार लिफ्टिङ खानेपानी आयोजनामा गाउँपालिकाबाट दिनुपर्ने सात लाख रूपैयाँ रोक्का गरेको स्थान्ीयको आरोप छ । आयोजना सम्पन्न भइसक्दा पनि बजेट निकासा नगरिदिँदा गाउँले आजित भइसकेको स्थानीयको भनाइ छ । छिपछिपेबाट देवघाटसम्म आइपुग्नको लागि तीनवटा सवारीसाधन परिवर्तन गरेर आउनुपर्ने बाध्यता छ । 
    तैपनि लेखा अधिकृतले स्थानीयलाई विभिन्न बहाना बनाएर दुःख दिने गरेको स्थानीय छिपछिपे टोल विकास संस्थाका अध्यक्ष रवीन्द्र गुरूङले जानकारी दिए । उनका अनुसार छिपछिपेमा खानेपानी आयोजना सम्पन्न भइसक्दा पनि भुक्तानी रोकिएको थियो । गत आर्थिक वर्षमै भुक्तानी हुनुपर्ने रकम नयाँ आर्थिक वर्षको साढे चार महिना बितिसक्दासमेत नदिएपछि गाउँले आक्रोशमा आएको उनले बताए । 

    321874357_923795841942908_7592454176344748096_n.jpg
    गाउँपालिकाबाट सात लाख, रोटरी क्लबको ४१ लाख ४४ हजार १३१, सहमति संस्थाबाट चार लाख र जनसहभागीताबाट तीन लाख गरी कुल ५५ लाख ४४ हजार १३१ रूपैयाँ लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो । गैरसरकारी संस्थबाट हुनुपर्ने भुक्तानी समयमै आए पनि गाउँपालिकाबाट एक रूपैयाँ पनि नदिएपछि स्थानीय आजित भएको अर्का स्थानीय धनकुमार गुरूङ बताउँछन् । 
    उक्त आयोजना गत वर्ष चैत मसान्तमै सम्पन्न भइसकेको थियो । गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतलगायतको टोलीले समेत उक्त आयोजनाको अनुगमन गरिसकेको थियो । गाउँपालिकाको अध्यक्ष र कार्यकारी अधिकृतबाट समेत पास भइसकेको बजेट लेखामा गएर रोकिएको स्थानीयले बताउँदै आएका छन् ।  

    Copyright © All right reserved to Bihanimedia Site By: SobizTrend