करिस्मा गुरुङ देवघाट तनहुँ:पुस ११ गते
मधुवन सामुदायिक वन उपभोक्ता समूहको २५ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार भएको साधारण सभा सँगै १२ औँ अधिवेशनमा अध्यक्ष पदमा टुङ्गो नलागे पछि अधिवेशन भने पौष १३ गते सरेको छ ।

आज भएको सो अधिवेशनमा उपाध्यक्ष पदमा कमला देवकोटा, सह-सचिव पदमा धन बहादुर थापा, कोषाध्यक्ष पदमा निर्मला गुरूङ र सदस्य पदमा निरमाँया रेग्मी, विपना गुरूङ, गंगा बहादुर भुजेल, शेर बहादुर गुरूङ,खगीमाँया आले मगर, गोपी थापा मगर, श्रीमायाँ गुरूङ सहित ११ जना समितिमा १० सदस्यीय सर्वसहमत चयन भएता पनि अध्यक्ष पदको टुङ्गो नलागेपछि पौष १३ गते अध्यक्ष पदमा अधिवेशन हुने सह-सचिव पार्वती थापाले बताए।

कार्यक्रमका प्रमुख अतिथि सामुदायिक वन उपभोक्ता महासँघ गण्डकी प्रदेश नेपाल सचिवालय सदस्य केशव चन्द्र न्यौपानेले मधुवन सामुदायिक वनले धेरै राम्रो कामहरू गर्दै आइरहेको बताए । उहाँले वन ऐन अनुसार वार्षिक कार्यक्रमहरू गर्दै विभिन्न चुनौतीहरू मोल्दै मधुवन सामुदायिक वन अगाडि बढिरहेको बताए । सामुदायिक वनले आफ्नो नियम अनुसार कार्यहरू गर्दै गयो भने विकास निर्माणमा समेत टेवा पुर्याउन सकिन्छ भन्दै वनको नियमन अनुसार अगाडि बढ्न न्यौपानेले आग्रह गरे ।

उनले आफ्नो व्यक्तिगत तर्फबाट वनलाई गर्नुपर्ने सहयोग सदैव रहने समेत बताए । कार्यक्रमका विशिष्ट अतिथि देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पुर्ण बहादुर कुँवरले सामुदायिक वनहरूसँग सहकार्य गरेर अगाडि बढ्ने बताए । कुँवरले विकास निर्माण कार्यमा राजनितीलाई एकातिर राखि अगाडि बढ्ने बताउदैँ सामुदायिक वनलाई आवश्यक परेको ठाउँमा आफुले सक्दो सहयोग गर्ने समेत बताए । कार्यक्रममा सोही सामुदायिक वनका पुर्व अध्यक्ष, समितिका सदस्यहरू र बुद्धिजीवी व्यक्तिहरूको सहभागी रहेको थियोे भने डा. सुरेन्द्र प्रसाद श्रेष्ठ , कृष्णराज न्यौपाने ,भोजराज नैनावस्ती, हरिराम काप्री, कुलचन्द्र न्यौपाने लगाएतले मन्तव्य दिएका थिए । त्यस्तै गरी कार्यक्रम मधुवन सामुदायिक वनका अध्यक्ष बाबुराम ढकालको अध्यक्षता सम्पन्न भएको थियोे ।






