करिस्मा गुरुङ देवघाट तनहुँ : पौष १२ गते
तनहुँको देवघाटमा मंगलबार नि:शुल्क आँखा जाँच,परामर्श तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आज लियो जिल्ला परिषद् ३२५ आर, नेपाल अन्तर्गत रिजन ४ र रिजन ६ को संयुक्त आयोजना, चितवन आँखा अस्पताल र देवघाट धर्मार्थ हस्पिटलको सहयोगमा नि:शुल्क आँखा जाँच,परामर्श तथा औषधि वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष तिल बहादुर थापाले नि:शुल्क आँखा शिबिर कार्यक्रम ल्याइएकोमा आयोजक टिम र सहयोगी संस्था चितवन आँखा अस्पताल, देवघाट धर्मार्थ अस्पताल लाई धन्यवाद प्रकट गरे ।

अध्यक्ष थापाले चितवन आँखा अस्पताल चितवन जिल्लाकै एक राम्रो आँखा अस्पतालको रूपमा परिचीत बताउदैँ देवघाटको लागि यस अस्पतालले गरेको योगदानको कदर गर्दै पालिकाबाट हुने प्राविधिक, सामाजिक सेवाबाट बन्चित नगराउने बताए । आँखा अस्पताल देवघाट गाउँपालिका सँग निरन्तर सम्पर्कमा रहने समेत थापाले बताए । आँखा अस्पतालबाट देवघाट गाउँपालिका भित्रको सबै आम नागरिकहरूलाई नि:शुल्क आँखा शिविर पुर्याउनको लागि कार्यक्रमको समेत आयोजना गर्ने बताए । सो आँखा शिबिर कार्यक्रममा डा. पारष पौडेलले सेवाग्राहीहरुको आँखा चेकजाँच गराउनु भएको थियोे।करिब ६९ जनाको आँखा चेकजाँच गरेको डा. पौडेलले बताएका थिए । सबैको आँखा चेकजाँच गर्दा धेरैको समस्या मोतिबिन्दु देखिएको डा. पौडेलले बताएका थिए ।

कार्यक्रममा देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य कमला गुरूङ, लियो दिपेश ज्ञवाली, लियो आत्माराम पाण्डे, लियो विमोचन आचार्य, लियो आशिष खरेल, लियो अजय सुवेदी,लियो रक्षा कार्की लगाएत उपस्थिति रहेको थियोे । लियो स्वस्तिका धितालले सञ्चालन गरेको कार्यक्रम रिजन ४ रिजन संयोजक लियो सन्तोष सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियोे ।







