करिस्मा गुरुङ देवघाट तनहुँ : मंसिर १४ गते
तीन दिन पश्चात तनहुँको देवघाट गाँउपालिकाको सेवा पुनः रूपमा सुचारु भएको छ ।
गत मंसिर ११ गते देवघाट गाँउपालिकामा लेखा अधिकृत उमानाथ ढकाल र लेखापाल संजय शर्मा माथी स्थानीय वासीहरुले दुव्र्यहार सँगै हातपात गरेपछि कर्मचारीहरुले गाँउपालिका र वडाका सम्पुर्ण कार्यहरू पुर्ण रूपमा बन्द गरेका थिए । सोही विषयमा आज देवघाट गाँउपालिकामा बसेको जनप्रतिनिधि र कर्मचारीहरू बिचको छलफलबाट पछी कार्यालय सञ्चालन भएको गाँउपालिकाका अध्यक्ष तिल बहादुर थापाले बताए । अध्यक्ष थापाका अनुसार पालिकामा उक्त घटना घटे पछि सेवा प्रवाह ठप्प भएको बताए थिए ।
देवघाट गाँउपालिकामा कार्यरत लेखा अधिकृत उमानाथ ढकाल र लेखापाल संजय शर्मालाई देवघाट गाँउपालिका वडा नम्बर ३ छिपछिपेका स्थानिवासीहरुले सम्पन्न भइसकेको योजनाको भुक्तानी समयमै नदिइएको भन्दैँ कालोमोसो दलेर दुव्र्यहार गरेका थिए । स्थानियवासीहरुले धेरैपटक दु :ख कष्ट पाएको र वाध्य भएर कालोमोसो दलेको स्थानीयको भनाइ थियो । । देवघाट गाउँपालिका प्रबक्ता एवं ५ नम्बर अध्यक्ष पुर्ण बहादुर कुँवरले घाइते कर्मचारीहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।



